सरसफाइ कार्यक्रम सम्पन्न
 
गुरु पूर्णिमाको पावन अवसरको पूर्वसन्ध्यामा यस संस्थाको ओएसिस सेवा केन्द्रको आयोजनामा राम–जानकी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
 
संस्थाका कर्मचारी तथा हनुमानजीका भक्तजनहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रममा मन्दिर परिसरको सरसफाइ गर्नुका साथै स्वच्छ, सफा तथा सुन्दर वातावरण निर्माणका लागि सामूहिक रूपमा योगदान गरिएको थियो।
सामाजिक उत्तरदायित्व तथा धार्मिक स्थलको संरक्षण र सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सामाजिक एकता र सहकार्यको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
आ.व. २०८२/०८३ को वार्षिक समीक्षा तथा आ.व. २०८३/०८४ को नीति, कार्यक्रम र बजेट पारित
 
वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आ.व. २०८२/०८३ को वार्षिक समीक्षा तथा आ.व. २०८३/०८४ को प्रस्तावित नीति, कार्यक्रम तथा वार्षिक बजेट निर्माणसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। मिति २०८३ श्रावण १० गते संस्थाका सञ्चालक समितिका अध्यक्ष **श्री बमबहादुर बि.सी.**को सभाध्यक्षतामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका पदाधिकारी तथा सदस्यहरू तथा कर्मचारीहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
 
कार्यक्रममा सहभागीहरूलाई संस्थाका वरिष्ठ उपाध्यक्ष श्री श्याम पौडेलज्यूले शुभकामना मन्तव्यसहित स्वागत गर्नुभएको थियो। संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री छत्रबहादुर थापाज्यूले संस्थाले आ.व. २०८२/०८३ मा सञ्चालन गरेका विभिन्न गतिविधि तथा कार्यक्रमहरूको प्रगति समीक्षा गर्नुका साथै आ.व. २०८३/०८४ को प्रस्तावित नीति, कार्यक्रम तथा वार्षिक बजेट प्रस्तुतिकरण गर्नुभएको थियो। समीक्षा क्रममा सदस्यता विस्तार, शेयर वृद्धि, बचत/निक्षेप संकलन र संस्थागत पूँजी वृद्धितर्फ उल्लेखनीय प्रगति हासिल भएको जनाइएको छ। साथै, ऋण लगानी, ऋण असुली, वित्तीय लगानी, सम्पत्ति व्यवस्थापन तथा मुनाफा वृद्धिलगायतका क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न सफल भएको समीक्षा प्रस्तुतिमा उल्लेख गरिएको थियो।
 
आगामी आ.व. २०८३/०८४ का लागि संस्थाको वित्तीय अवस्था, स्रोत तथा साधनको उपलब्धता, संस्थागत आवश्यकता र आगामी कार्ययोजनालाई आधार मानी सदस्य संख्या वृद्धि, शेयर पूँजी विस्तार, बचत संकलन वृद्धि, गुणस्तरीय तथा उत्पादनशील क्षेत्रमा ऋण लगानी, प्रभावकारी ऋण असुली, वित्तीय स्रोतको प्रभावकारी परिचालन तथा संस्थाको मुनाफा वृद्धिलाई प्राथमिकतामा राखी वित्तीय लक्ष्य निर्धारण गरिएको छ। त्यसैगरी, सदस्यकेन्द्रित सेवा विस्तार, संस्थागत सुशासन तथा आन्तरिक नियन्त्रण सुदृढीकरण, जोखिम व्यवस्थापन, डिजिटल तथा प्रविधिमैत्री सेवा विस्तार, सदस्य शिक्षा तथा वित्तीय साक्षरता अभिवृद्धि, मानव संसाधन तथा नेतृत्व क्षमता विकासलगायतका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने गरी आ.व. २०८३/०८४ को प्रस्तावित नीति, कार्यक्रम तथा वार्षिक बजेटमाथि छलफल गरी स्वीकृत तथा पारित गरिएको छ।
६९औँ राष्ट्रिय सहकारी दिवस २०८२ को अवसरमा भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय, कर्णाली प्रदेशको आर्थिक सहयोग तथा जिल्ला सहकारी संघ लिमिटेड, सुर्खेतको आयोजनामा सुर्खेत जिल्लाका सहकारी संस्थाहरूको उल्लेखनीय सहभागितामा मंगलगढी चोकदेखि वीरेन्द्रचोक, यरिचोक हुँदै शुभ होटेलसम्म र्याली आयोजना गरिएको थियो। उक्त र्यालीमा यस संस्थाको तर्फबाट सक्रिय सहभागिता जनाइएको थियो।
 
साथै, ‘उद्यमशीलता र पारदर्शिता : सहकारीको प्राथमिकता’ भन्ने नारालाई आत्मसात् गर्दै ६९औँ राष्ट्रिय सहकारी दिवस भव्य र सभ्य रूपमा मनाइएको छ।
आज मिति २०८२ फागुन ९ गते यस संस्थाको छिन्चु सेवाकेन्द्रको आयोजनामा र मुख्य कार्यलयको सहजीकरणमा कर्मचारीहरूसँग सिकाइ आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सफलतापुर्बक सम्पन्न गरिएको छ।
 
संस्थाका कार्यक्रम अधिकृत बम बहादुर पुन मगरज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृतहरू निर्मला शाही, गिता कुमारी रोकाय, डुगेन्द्र बहादुर शाही, दिपक प्रसाद शर्मा र सहायक अधिकृत बिरेन्द्र जि.सी.ज्यूको आतिथ्यतामा संस्थाका छिन्चु सेवाकेन्द्र, जहरे सेवाकेन्द्र, मेहेलुकना सेवाकेन्द्र, राकम सेवाकेन्द्र, मालिका सेवाकेन्द्र र मुख्य कार्यालयमा कार्यरत २२ जना कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रम संचालन कार्यक्रम अधिकृत दिपक प्रसाद शर्माले गर्नु भयको थियो ।
 
संस्थाका कार्यक्रम अधिकृत बम बहादुर पुन मगरले प्रविधी संचालनको बारेमा सहजीकरण गरेको उक्त कार्यक्रममा हाम्रो पीसी कसरी सुरक्षित गर्ने,हाम्रो पीसी कसरी सफा गर्ने,फाइल र फोल्डर व्यवस्थापन कसरी गर्ने,जीमेल खाता कसरी प्रयोग गर्ने र सुरक्षा कसरी गर्ने,हाम्रो मोबाइल कसरी सुरक्षित गर्ने तथा Shortcuts Keys हरू कसरी प्रयोग गर्ने किन गर्ने जस्ता विषयमा विशेष जानकारी पनि प्रदान गरिएको थियो। कार्यक्रम अधिकृत डुगेन्द्र बहादुर शाही र सहायक अधिकृत बिरेन्द्र जि.सी.ज्यूले “ऋणसम्बन्धी कागजातहरू सही ढंगले तयार गर्ने, आवश्यक विवरणहरू पूर्ण रूपमा समावेश गर्ने, व्यवस्थित तरिकाले फाइलिङ गरी वर्गीकरण गर्ने तथा सुरक्षित रूपमा संरक्षण, अभिलेखीकरण र आवश्यकता परेको बेला सजिलै फेला पार्ने गरी इ कपी व्यवस्थापन” को बिषयमा सहजिकरण गर्नु भएको थियो भने, कार्यक्रम अधिकृत दिपक प्रसाद शर्माज्यूले “बिल तथा भरपाईका आधारमा भौचर तयार गर्दा सबै विवरण स्पष्ट जाँच गर्ने, सही खातामा प्रविष्टि गर्ने, मिति, रकम र प्रमाण कागजात मिलान गर्ने तथा दोहोरिने वा गलत प्रविष्टि नहोस् भनी सावधानीपूर्वक लेखा प्रणाली अनुसार काम गर्ने विषयमा।” सहजिकरण गर्नु भएको थियो।
 
संस्थाका कार्यक्रम अधिकृत तथा छिन्चु सेवा केन्द्र प्रमुख निमर्ला शाहीज्यूले आजको अन्तरकृयात्मक कार्यक्रमबाट सिकेका ज्ञान र सीपहरूलाई व्यवहारमा प्रभावकारी रूपमा लागू गर्दै, संस्थाको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सधैं जिम्मेवार, अनुशासित र तत्पर भई कार्यसम्पादन गर्ने, साथै आफ्नो व्यक्तिगत वृद्धि-विकास, पेशागत दक्षता र कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउँदै निरन्तर सुधारतर्फ अघि बढ्न सम्पुर्ण सहभागीहरूलाइ अनुरोध गर्दै कार्यक्रम समापन गर्नु भएको थियो।
वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि., सुर्खेतको आयोजनामा संस्थाका २२ जना कर्मचारीहरूको आन्तरिक पदोन्नति तथा नियुक्ति पत्र वितरण एवं बधाई कार्यक्रम मिति २०८२ माघ २४ गते सम्पन्न भएको छ।
 
संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्र बहादुर थापाको अध्यक्षतामा संस्थाका कार्यालय व्यवस्थापक योगेन्द्र भण्डारी, वरिष्ठ कार्यक्रम अधिकृत रेशम प्रसाद सुवेदी, कर्यक्रम अधिकृतहरू विन्दु लामा, लिलाराम नेपाली, निर्मला शाही, सम्राट शाही, बम बहादुर पुन, सहायक कार्यक्रम अधिकृत गिता कुमारी रोकाय र कमला सापकोटाको अतिथ्यतामा सम्पन्न तालिममा संस्थाका २२ जना कर्मचारीहरूको एक तह पदोन्नति, २१ जना कर्मचारीहरूको सामाजिक सुरक्षा कोष योगदानमा आवद्धता र २ जना नव नियुक्त कर्मचारीहरूलाइ नियुक्ति पत्र तथा कार्य विवरण सहित पदउन्नति, कोषमा आवद्ध तथा नव नियुक्त कर्मचारीहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना आदान प्रदान गरिएको थियो।

कार्यक्रमको अवसरमा अध्यक्षीय मन्तव्य व्यक्त गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्यूले संस्थामा आवद्ध सम्पूर्ण कर्मचारीहरूले सकारात्मक सोचका साथ पदिय जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्दै पाएको अवसरको सदुपयोग गर्न, आपसी सहयोगी भावना कायम राख्न, न्यायपूर्ण व्यवहार अपनाउन, सदस्य तथा समुदायसँग सुमधुर सम्बन्ध विकास गर्न, निरन्तर अध्ययनशील रहन तथा नबुझेका विषयहरू नडराई सोध्ने संस्कार विकास गर्न निर्देशन दिनुभयो। साथै, संस्थाका लागि कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै कर्मचारी आचारसंहिताको पूर्ण पालना गर्न र पदको दुरुपयोग नगर्न आग्रह गर्नुभयो।
 
कार्यक्रममा उपस्थित सहभागीहरूलाइ स्वागत गर्दै संस्थाका कार्यालय ब्यवस्थापक योगेन्द्र भण्डारीले कर्मचारीहरूले शेयर सदस्यहरूप्रति प्रतिबद्ध र जिम्मेवार भई संस्थाको हितलाई व्यक्तिगत अहम भन्दा माथि राख्दै, सस्तो लोकप्रियताको पछि नलागी धैर्य, विवेक र पेशागत मर्यादा कायम राख्नु पर्ने कुरा बताउदै पदोन्नति, कोषमा आवद्ध तथा नव नियुक्त कर्मचारीहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। संस्थाका ५७ जना कर्मचारीहरूको सहभागिता रहेको उक्त कार्यक्रमको औपचारिक सञ्चालन संस्थाका लेखा प्रमुख श्री दिपक प्रसाद शर्माले गर्नु भएको थियो।

आज यस वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आ.व. २०८१।०८२ को बार्षिक समिक्षा तथा आ.व. २०८२।०८३ को योजना निर्माण गोष्ठी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ ।


कार्यक्रमको अध्यक्षता संस्थाका श्रद्धेय अध्यक्ष श्री बम बहादुर बि.सी. ज्यू ले गर्नु भएको थियो। कार्यक्रममा संस्थाका सल्लाहकार श्रद्धेय श्री कृष्ण बहादुर खड्का, सल्लाहकार श्रद्धेय श्री काली प्रसाद नेपाली र लेखा सुपरिवेक्षण समितिका संयोजक श्री बेचुलाल चौधरी ज्यूको आतिथ्यतामा कार्यक्रमको समुदघाटन गरिएको थियो भने उक्त कार्यक्रममा आ.व. २०८१/२०८२ को बार्षिक समिक्षा तथा संस्थाद्वारा सम्पन्न गरिएका कार्यक्रम तथा वित्तीय उपलब्धीको बारेमा प्रस्तुतीकरण संस्थाका कार्यालय व्यवस्थापक श्री प्रकाश शर्माले गर्नु भएको थियो भने कार्यक्रम को सन्चालनका साथै आगामी आ.व.२०८२/२०८३ को नीति कार्यक्रम तथा बजेटको प्रस्तुतीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री छत्र बहादुर थापा ज्यु ले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका संचालक समिति सदस्यज्युहरु, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, शिक्षा उपसमिति र ८ वटै सेवाकेन्द्र सन्चालन व्यवस्थापन उपसमितिका पदाधिकारीहरु लगाएत संस्थाका उच्च व्यवस्थापन समुह र सेवा केन्द्र प्रमुखहरुको सक्रिय सहभागिता सहित कार्यक्रम सम्पन्न गरियो ।