वीरेन्द्रनगर बचत तथा ऋण सहकारी सस्था लि . बड्डीचौर सेवा केन्द्रको आयोजनामा बराहताल गाउँ पालिका वडा नम्बर ०८ बेल्चौरमा वीरेन्द्रनगर साकोस को निष्क्रिय रहेको बेल्चौर महिला समुह पुन:गठन गरि पुराना तथा नब सदस्य ज्युहरुको सहभागीतामा २२ जना निष्क्रिय सदस्य र ३ जना नया सदस्यहरुको सहभागीतामा सदस्य भेटघाट तथा वित्तीय साक्षरता कार्यक्रम सफलतापुर्बक सम्पन्न भयको छ।
कार्यक्रम मा संस्थाले प्रदान गर्दै आइरहेका वित्तीय सेवाहरुको जानकारी गराउनुका साथै निर्व्याजी ऋण, ब्याज अनुदान कार्यक्रम, संस्थाले प्रदान गर्दै आइरहेको सदस्य राहत कार्यक्रम,बाल सदस्यलाई जन्मदिनमा उपहार जस्ता विभिन्न सेवाहरुको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भयको थियो । कार्यक्रमको सहजीकरण संस्थाको तर्फबाट सेवाकेन्द्र प्रमुख श्री सुमीत्रा पौडेलले गर्नु भयको थियो भने अन्य व्यवस्थापन संस्थाको कर्मचारी सहायक दुमन तिवारी र सदस्य सहजकर्ता श्री खिमा चपाईले गर्नुभएको थियो।






मिती २०८३ साल बैशाख ०८ गतेका दिन यस वीरेन्द्रनगर बचत तथा ऋण सहकारी सस्था लिमिटेड बड्डीचौर सेवा केन्द्रको आयोजनामा बराहताल गाउँपालिका वडा नम्बर ०५ तल्लो सुन्द्वारीमा निष्क्रिय रहेको महिला समुह पुन:गठन गरि पुराना तथा नया सदस्य ज्युहरुको सहभागीतामा ११ जना सदस्य र ४ जना बाल सदस्यहरुको सहभागीतामा सदस्य भेटघाट तथा वित्तीय साक्षरता कार्यक्रम सफलतापुर्बक सम्पन्न भयको छ।
कार्यक्रम मा संस्थाले प्रदान गर्दै आइरहेका वित्तीय सेवाहरुको जानकारी गराउनुका साथै निर्व्याजी ऋण, ब्याज अनुदान कार्यक्रम, संस्थाले प्रदान गर्दै आइरहेको सदस्य राहत कार्यक्रम,बाल सदस्यलाई जन्मदिन मा उपहार जस्ता विभिन्न सेवाहरुको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भयको थियो । कार्यक्रम को सहजीकरण संस्थाको तर्फबाट सेवाकेन्द्र प्रमुख श्री सुमीत्रा पौडेल ले गर्नु भयको थियो भने समग्र व्यवस्थापन संस्थाको कर्मचारी सहायक दुमन तिवारी र सदस्य सहजकर्ता श्री खिमा चपाईले गर्नुभयको थियो ।































वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बड्डीचौर सेवा केन्द्रको आयोजनामा, बराहताल ०८ कुनाथरी स्थित संस्थाका सदस्य एवं सफलता कृर्षी आमा समुहका सदस्यहरुको सक्रिय सहभागितामा सदस्य भेटघाट, सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम मिति २०८२ फागुन ०४ गते सम्पन्न भएको छ।
कार्यक्रममा संस्थाका १७ जना सदस्यहरूको सहभागिता सहित बड्डीचौर सेवाकेन्द्र प्रमुख सुमित्रा पौडेलज्यूको सहजिकरणमा सम्पन्न कार्यक्रममा संस्थाको संक्षिप्त परिचय प्रस्तुत गर्दै, संस्थाले विगत देखि सञ्चालन गर्दै आएका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू, सदस्य सम्मान कार्यक्रम, समुदाय केन्द्रित कार्यक्रम, सक्रिय तथा सिपालु सदस्यका लागि निवृयाजी ऋण कार्यक्रम, साथै सदस्य केन्द्रित वित्तीय तथा गैर–वित्तीय सेवाहरूका बारेमा जानकारी प्रदान गर्नु भएको थियो।कार्यक्रमको समग्र व्यवस्थापन बड्डीचौर सेवा केन्द्रमा कार्यरत कर्मचारी खिमा चपार्इले गर्नु भएको थियो।

























वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मेहेलकुना सेवा केन्द्रको आयोजनामा भेरी माध्यामिक विद्यालय गुभाकोट १०, घुमखहरेमा सम्भावित सदस्यहरूको सक्रिय सहभागितामा सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम मिति २०८२ माघ २३ गते सम्पन्न भएको छ।
संस्थाका मेहेलकुना सेवाकेन्द्र व्यवस्थापन उप समितिका संयोजक उदय गिरीको अध्यक्षतामा भेरी मा.बि.का प्रधानाध्यापक चन्द्र बहादुर वलीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा भेरी माध्यामिक विद्यालयका शिक्षकहरू, ११ र १२ कक्षाका अध्ययनरत ७५ जना विद्यार्थीहरू सहित संस्थाका कार्यक्रम अधिकृत निर्मला शाही, सेवाकेन्द्र प्रमुख नबिन बोहोरा र कर्मचारी प्रेमकला बि.क.को उपस्थिती रहेको थियो ।
प्रमुख अतिथी विद्यालयका प्रधानाध्यापक वलीले कार्यक्रमको सफलता सहित बित्तिय शिक्षाको महत्त्वको वारेमा प्रकाश पार्नु भएको थियो।संस्थाका कार्यक्रम अधिकृत निर्मला शाहीको सहजिकरणमा सम्पन्न कार्यक्रममा संस्थाको संक्षिप्त परिचय प्रस्तुत गर्दै, संस्थाले विगत देखि सञ्चालन गर्दै आएका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू, सदस्य सम्मान कार्यक्रम, समुदाय केन्द्रित कार्यक्रम, सक्रिय तथा सिपालु सदस्यका लागि निवृयाजी ऋण कार्यक्रम, साथै सदस्य केन्द्रित वित्तीय तथा गैर–वित्तीय सेवाहरूका बारेमा जानकारी प्रदान गर्नु भएको थियो।
कार्यक्रमको समापन गर्दै सभाअध्यक्ष गिरीले सहकारी शिक्षा तथा वित्तीय साक्षरताबाट सिकेका ज्ञान र सीपहरूलाई सहभागीहरूले वास्तविक जीवनमा पनि लागू गर्नुहनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो। साथै, मेहेलकुना सेवा केन्द्रका प्रमुखले कार्यक्रमको व्यवस्थापन गर्नु भएको थियो।







आज मिती २०८२ माघ १९ गते यस संस्थाको ओयसिस सेवा केन्द्रको आयोजनामा वीरेन्द्रनगर-८,कालिन्चोक, सुर्खेत स्थित संस्थाका सदस्यहरूको सक्रिय सहभागितामा सदस्य भेटघाट तथा सहकारी शिक्षा कार्यक्रम सफलतापुर्वक सम्पन्न गरिएको छ। कार्यक्रममा संस्थाका १५ जना शेयर सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
सो अवसरमा संस्थाको संक्षिप्त परिचय प्रस्तुत गर्दै, संस्थाले विगत देखि सञ्चालन गर्दै आएका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू, सदस्य सम्मान कार्यक्रम, समुदाय केन्द्रित कार्यक्रम, सक्रिय तथा सिपालु सदस्यका लागि निवृयाजी ऋण कार्यक्रम, साथै सदस्य केन्द्रित वित्तीय तथा गैर–वित्तीय सेवाहरूका बारेमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमको सहजिकरण यस संस्थाका कार्यक्रम अधिकृत रेशम प्रसाद सुवेदी र सेवा केन्द्र प्रमुख अंकित के.सी.ले गर्नुभएको थियो भने, कार्यक्रमको समग्र व्यवस्थापन कर्मचारी गंगा भण्डारीले गर्नुभएको थियो।
ओयसिस सेवा केन्द्र प्रमुख के.सी.ले सेवा केन्द्रबाट प्रवाह गरिने सेवा सुविधालाई सहज तरिकाले प्रवाह गर्ने प्रतिबद्धता सहित कार्यक्रम समापन गरियो।






संस्थाको संक्षिप्त परिचय प्रस्तुत गर्दै संस्थाले विगतदेखि सञ्चालन गर्दै आएका सामाजिक उत्तरदायित्वसम्बन्धी, सदस्य केन्द्रीत कार्यक्रम तथा संस्थाका उत्पादन सेवाहरु अन्तरगत बचत तथा ऋण सम्बन्धि जानकारी र हाल सहकारीमा देखिएको समस्या तथा वितृष्णालाई सहजीकरण र व्यवस्थापन गर्ने जस्ता विषयमा विशेष जानकारी प्रदान गरिएको थियो।
छिन्चु सेवा केन्द्र प्रमुखले सेवा केन्द्रबाट प्रवाह गरिने सेवा सुविधालाई सहज तरिकाले प्रवाह गर्ने प्रतिबद्धता सहित कार्यक्रम समापन गरियो। संस्थाका कार्यक्रम अधिकृत निर्मला शाहीले संचालन गरेको उक्त कार्यक्रमको सहजीकरण सेवा केन्द्र संचालन तथा व्यवस्थापन उपसमिति संयोजक श्री लाल बहादुर खड्का ज्युले गर्नु भएको थियो ।








२०८२ माघ १२ गते यस संस्थाको अभ्युदय सेवाकेन्द्रको आयोजनामा बाबिचौरको बराइचे स्थित समूहका सदस्यहरूको सक्रिय सहभागितामा सदस्य भेटघाट सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रममा संस्थाका २९ जना शेयर सदस्यज्यूहरूको सक्रिय सहभागिता रहेको थियो। सो अवसरमा संस्थाको संक्षिप्त परिचय प्रस्तुत गर्दै संस्थाले विगतदेखि सञ्चालन गर्दै आएका सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू, सदस्य सम्मान कार्यक्रम, सदस्य केन्द्रित कार्यक्रम, सक्रिय तथा सिपालु सदस्यका लागि निव्र्याजी ऋण कार्यक्रम तथा समुदाय केन्द्रित सेवाहरू बारे सदस्यहरूलाई जानकारी गराइएको थियो। त्यसैगरी सहकारीमा बचत वृद्धि, बाल बचत वृद्धि, समृद्धि बचत, तथा ऋण सम्बन्धि र हाल सहकारीमा देखिएको समस्या तथा वितृष्णालाई सहजीकरण र व्यवस्थापन गर्ने जस्ता विषयमा विशेष जानकारी पनि प्रदान गरिएको थियो। अभ्यूदय सेवाकेन्द्र प्रमुखले सेवा केन्द्रबाट प्रवाह गरिने सेवा सुविधालाई सहज तरिकाले प्रवाह गर्ने प्रतिबद्धता सहित कार्यक्रम समापन गरियो।
कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत रेशम प्रसाद सुवेदी, र दिपक प्रसाद शर्माले विषयगत प्रस्तुतिकरण गर्नुभएको थियो भने कार्यक्रमको समग्र व्यवस्थापन अभ्युदय सेवाकेन्द्र प्रमुख नयाँराम बि.सी.ले गर्नुभएको थियो।




२०८२ माघ ०९ गते यस संस्थाको मुख्य कार्यालय र पिपिरा सेवाकेन्द्रको संयुक्त आयोजनामा वीरेन्द्रनगर १३ खोरियाको दाहाल डाँडा स्थित फुलबारी, ,सम्झौता र उपल्बधी स्वयम सहायता समुहका सदस्यहरूको सकृय सहभागितामा सदस्य भेटघाट, सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रममा संस्थाका ४९ जना शेयर सदस्यज्यूहरूको सक्रिय सहभागिता रहेको थियो। सो अवसरमा संस्थाको संक्षिप्त परिचय प्रस्तुत गर्दै संस्थाले विगतदेखि सञ्चालन गर्दै आएका सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू, सदस्य सम्मान कार्यक्रम, सदस्य केन्द्रित कार्यक्रम, सक्रिय तथा सिपालु सदस्यका लागि निव्र्याजी ऋण कार्यक्रम तथा समुदाय केन्द्रित सेवाहरू बारे सदस्यहरूलाई जानकारी गराइएको थियो।त्यसैगरी, वीरेन्द्रनगर स्वयम् सहायता समूह कार्यक्रम अन्तरगत, सामाजिक सेवा तथा राहत कार्यक्रम, रेमिटान्स सेवा, रक्तदान कार्यक्रम र सरसफाइ कार्यक्रमहरू सम्बन्धी जानकारी पनि प्रदान गरिएको थियो।
कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत रेशम प्रसाद सुवेदी, बिन्दु लामा र लिलाराम नेपाली ले विषयगत प्रस्तुतिकरण गर्नुभएको थियो भने कार्यक्रमको समग्र व्यवस्थापन पिपिरा सेवाकेन्द्र प्रमुख कमला सापकोटा, संस्थाका कर्मचारी सिता कुमारी बुढा र बिष्णु कुमारी खड्काले गर्नुभएको थियो।






सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति जहरेको आयोजनामा भेरीगंगा न पा ०९, ठुलाेजात्री हरियाली टाेल बिकास समूह सुर्खेतमा मा मिति २०८१ फाल्गुन १६ गते टोल बिकास समूह वित्तिय साक्षरता एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा कार्यालय व्यवस्थापक श्री, प्रकाश शर्मा ज्यू ले प्रस्तुतिकरण गर्नु भएकाे उक्त कार्यक्रमकाे अध्यक्षता उपसमिति संयाेजक श्री लक्ष्मण राना ज्युले गर्नु भएकाे थियो भने उपसमिति सदस्य श्री, बालाराम शर्मा तथा उपसमिति सदस्य सीता वि. क. ज्यूकाे आतिथ्यता एवम हरियाली टाेल समूह का करिव ५० जना सदस्य हरुकाे सहभागितामा कार्यक्रम सम्पन्न भएकाे थियो ।
कार्यक्रममा संस्था का शेयर सदस्य तथा गैर सदस्य ज्युहरुकाे सहभागीताका बीचमा सहकारीको सिद्वान्त, बचतको महत्व र आवश्यकता, ऋण सदसुपयोगिता, संस्थाको परिचय, हालको सन्दर्भमा रहेका सहकारी ऐन नियम, संस्थाले सञ्चालन गर्दै आएका समुदायकेन्द्रित कार्यक्रमहरुका विषयमा प्रस्तुतिकरण गरिएको थियो । उक्त कार्यक्रम जहरे सेवा केन्द्र का सेवा केन्द्र प्रमुख राजन के. सी. ज्युले सञ्चालन गर्नु भएको थियोे भने साेहि कार्यक्रममा कार्यक्रम अधिकृत निर्मला शाही र संस्थाकै कार्यक्रम अधिकृत लक्ष्मी शाही ज्यु काे पनि सहभागिता रहेको थियोे !




जहरे सेवाकेन्द्रको आयोजनामा श्री नेपाल राष्ट्रिय मा.वि. सनो जात्रीमा संस्थाका सदस्य तथा विद्यालय कक्षा १२,११ का विद्यार्थीहरुका माझमा सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ ।
सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिको आयोजनामा र उपसमिति संयोजक श्री लक्ष्मण राना को अध्यक्षता सम्पन्न भएको कार्यक्रममा सहकारीको सिद्वान्त, बचतको महत्व र आवश्यकता, ऋण सदुपयोगिता, हालको सन्दर्भमा रहेका सहकारी ऐन नियम, संस्थाको परिचय, बचत तथा ऋणका प्रकार, ब्याजदर, हालको वित्तिय विवरण, संस्थाले सञ्चालन गर्दै आएका समुदाय केन्द्रित कार्यक्रमहरुका विषयमा प्रस्तुतिकरण गरिएको थियो । संस्थाका कार्यालय व्यवस्थापक श्री प्रकाश शर्मा ले प्रस्तुतिकरण गरिएको कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत निर्मला शाही गर्नुभएको थियो । भने उक्त कार्यक्रममा सस्थाका कार्यक्रम अधिकृत लक्ष्मी शाही र सेवाकेन्द्र प्रमुख राजन के.सि को पनि सहभागिता रहेको थियो ।




मालिका सेवाकेन्द्रको आयोजनामा चिङ्गाड ३, सुर्खेत श्री धौलाचाखाचौर मा.वि.मा संस्थाका सदस्य तथा विद्यालय कक्षा १० का विद्यार्थीहरुका माझमा सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको छ ।
सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिको व्यवस्थापनमा उक्त कार्यक्रमा संस्थाका सदस्य तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । उपसमिति सदस्य श्री बिर बहादुर खाँडज्यूको अध्यक्षता आयोजना भएको कार्यक्रममा प्रमूख आतिथ्यता वडा नं. ३ का जनप्रतिनिधि वडा सदस्य श्री डम्बरबहादुर चन्दज्यू एवं आतिथ्यता माविका शिक्षक श्री रमेश बिसीज्यूले ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा सहकारीको सिद्वान्त, बचतको महत्व र आवश्यकता, ऋण सदुपयोगिता, हालको सन्दर्भमा रहेका सहकारी ऐन नियम, संस्थाको परिचय, बचत तथा ऋणका प्रकार, ब्याजदर, हालको वित्तिय विवरण, संस्थाले सञ्चालन गर्दै आएका समुदाय केन्द्रित कार्यक्रमहरुका विषयमा प्रस्तुतिकरण गरिएको थियो । संस्थाका कार्यक्रम अधिकृत सम्राट शाही तथा बरिष्ठ सहायक बीरेन्द्र जि.सी.बाट प्रस्तुतिकरण गरिएको कार्यक्रमको सञ्चालन कार्यक्रम सेवाकेन्द्र प्रमुख खगेन्द्र बहादुर चन्दज्यूले गर्नुभएको थियो ।




वीरेन्द्रनगर साकोसको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा वीरेन्द्रनगर साकोसको मेहेलकुना सेवा केन्द्रमा सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको छ । गुर्भाकोट नगरपालिका वडा नं ६ स्थित बडाखोलीमा रहेकाे नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकाे सभाहलमा कार्यक्रमको आयोजना गरिएको थियो ।
संस्थाका सञ्चालक समिति सदस्य, मेहेलकुना सेवा केन्द्र व्यवस्थापन उपसमिति सदस्य तथा गुर्भाकोट क्षेत्रका स्थानीय शिक्षाप्रेमी, समाजसेवी लगायत संस्थाका सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो ।




वीरेन्द्रनगर साकोसको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा वीरेन्द्रनगर साकोसको मेहेलकुना सेवा केन्द्रमा सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको छ । गुर्भाकोट नगरपालिका वडा नं ६ स्थित बडाखोलीमा रहेकाे नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकाे सभाहलमा कार्यक्रमको आयोजना गरिएको थियो ।
संस्थाका सञ्चालक समिति सदस्य, मेहेलकुना सेवा केन्द्र व्यवस्थापन उपसमिति सदस्य तथा गुर्भाकोट क्षेत्रका स्थानीय शिक्षाप्रेमी, समाजसेवी लगायत संस्थाका सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो ।














वीरेन्द्रनगर साकोसको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा वीरेन्द्रनगर साकोसको मेहेलकुना सेवा केन्द्रमा सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको छ । गुर्भाकोट नगरपालिका वडा नं ६ स्थित बडाखोलीमा रहेकाे नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकाे सभाहलमा कार्यक्रमको आयोजना गरिएको थियो ।
संस्थाका सञ्चालक समिति सदस्य, मेहेलकुना सेवा केन्द्र व्यवस्थापन उपसमिति सदस्य तथा गुर्भाकोट क्षेत्रका स्थानीय शिक्षाप्रेमी, समाजसेवी लगायत संस्थाका सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो ।



