सदस्य पहिचान तथा सम्पुष्टि (KNOW YOUR MEMBER) फारमः
सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी सहकारी संघसंस्थालाइ जारी गरिएको निर्देशन, २०७४ को अनूसूची-२ तथा सम्पत्ति शुद्धिकरण निवारण कार्यविधि २०७६ को परिच्छेद ३ को बुँदा नं. ३-१ सँग सम्बन्धितः
(यो सदस्य पहिचान तथा सम्पुष्टि (KYM) फारम संस्थामा आबद्ध सदस्यको वास्तविक पहिचान, व्यक्तिगत विवरण तथा वित्तीय जानकारी सुनिश्चित गर्न प्रयोग गरिने आधिकारिक कागजात हो। यस फारममार्फत सदस्यको परिचय, सम्पर्क विवरण, पहिचानसम्बन्धी कागजात तथा आवश्यक घोषणाहरू संकलन गरी संस्थाको सुशासन, पारदर्शिता र जोखिम व्यवस्थापनलाई सुदृढ बनाइनेछ ।)
नयाँ सदस्यताको लागि आवेदन फारमः
यो आवेदन फारम सही र पूर्ण रूपमा भरी आवश्यक कागजातहरू (नागरिकताको प्रतिलिपि, फोटो, राष्ट्रिय परिचय पत्र र हकवालाको आवश्यक कागजात आदि) संलग्न गरी पेश गर्नुपर्नेछ। संस्थाले प्राप्त आवेदनलाई प्रचलित सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम तथा आन्तरिक कार्यविधि अनुसार परीक्षण गरी सदस्यता स्वीकृति वा अस्वीकृतिको निर्णय गर्नेछ। यस फारमको उद्देश्य पारदर्शी, व्यवस्थित र नियमसंगत रूपमा नयाँ सदस्यता प्रक्रिया सम्पन्न गरिनेछ ।
ऋण माग फारम
यो ऋण माग फारम संस्थाबाट ऋण सुविधा प्राप्त गर्न इच्छुक सदस्यले भर्नुपर्ने आधिकारिक कागजात हो। यस फारममार्फत माग गरिएको ऋणको रकम, उद्देश्य, अवधि, भुक्तानी क्षमता तथा आवश्यक धितो/जमानतसम्बन्धी संक्षिप्त विवरण संकलन गरिन्छ। फारम सही र पूर्ण रूपमा भरी आवश्यक कागजातहरू संलग्न गरी पेश गर्नुपर्ने हुन्छ।
