आम सदस्यहरूलाई व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने समुदायमा छरिएर रहेको पुँजीलाई एकीकृत गरि आर्थिक समृद्धि, सामाजिक रूपान्तरण र सांस्कृतिक जर्गेना जस्ता विकासमा टेवा पुर्याउने उद्देश्यले २०५८ अषाढ २२ गते २७ जनाको भेलाद्वारा वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी ऐन २०४८ र नियमावली २०४९ अनुसार स्थापना भएको हो । आफ्नो २३ औं वर्षसम्मको जीवनकाल पार गर्र्दै हाल सुर्खेत जिल्लाका विभिन्न १२ वटा स्थानमा सेवा केन्द्र र वीरेन्द्रनगर ६, गणेशचोकमा मुख्य कार्यालयबाट सेवा प्रवाह गरिरहेका छौं । गत वर्षसम्म ८ वटा सहकारी संस्थाहरूबीच एकीकरण भई एकीकृत संस्थाको रूपमा चलिरहेको छ । परिवर्तित सन्दर्भमा सहकारी ऐन, २०७४ र नियमावली, २०७५ का साथै कर्णाली प्रदेश सरकारद्वारा जारी प्रदेश सहकारी ऐन, २०७५ को पूर्ण पालना गर्दै आप्mना कार्यहरू निरन्तर अगाडि बढाउदै आएका छौं । संस्थाको बाँकी परिचय निम्नानुसार रहेको छ ।

१.१. संस्थाको नामः  वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि.

१.२. संस्थाको स्थापना मितिः २०५८ अषाढ २२ गते

१.३. संस्थाको दर्ता नं.   २११(९०) ०५७÷०५८

१.४. संस्थाको स्थायी लेखा नं. ३०१७३८८१३

१.५ संस्थाको कार्यक्षेत्रः सुर्खेत जिल्लाका सबै स्थानीय तहहरू 

१.६. संस्थाका सेवा केन्द्रः  १२ वटा

१.७. मुख्य कार्यालयः  वीरेन्द्रनगर नगरपालिका वडा नं. ६, सुर्खेत

                  फोन नम्वरः ०८३ – ५२२३१७, ०८३ – ५२३३१७,

१) मेहेलकुना सेवा केन्द्र, गुर्भाकोट नगरपालिका–७, मेहलकुना बजार, सुर्खेत

  • अफिस ०८३–४१००६० । सेवा केन्द्र प्रमुख ९८५८०७७५७३

२) बाबियाचौर सेवा केन्द्र, पञ्चपुरी नगरपालिका–५, बाबियाचौर, सुर्खेत

  • अफिस ०८३ – ४१६०४८ सेवा केन्द्र प्रमुख ९८५८०७७५७४

३) छिन्चु सेवा केन्द्र, भेरीगंगा नगरपालिका–१०, छिन्चु बजार, सुर्खेत

  • अफिस ०८३–५४०३५४ सेवा केन्द्र प्रमुख ९८५८०७७५७६

४) पिपिरा सेवा केन्द्र, वीरेन्द्रनगर नगरपालिका– ११, पीपिराचोक, सुर्खेत

  • अफिस ०८३–४११२८९ सेवा केन्द्र प्रमुख ९८५८०७७५८१

५) बाङ्गेसिमल सेवा केन्द्र, वीरेन्द्रनगर नगरपालिका–१, ट्याम्पुपार्क, सुर्खेत

  • अफिस ०८३–४१२२०५ सेवा केन्द्र प्रमुख ९८५८०७७५७८

६) जहरे सेवा केन्द्र, जहरे बजार, भेरीगंगा नगरपालिका–९, सुर्खेत

  • अफिस ०८३ – ४१३००४ सेवा केन्द्र प्रमुख ९८५८०७७५८४

७) जामुने बजार सेवा केन्द्र, सिम्ता गाउँपालिका–६, जामुनेबजार, सुर्खेत

  • अफिस – ९८५८०७७४७१ सेवा केन्द्र प्रमुख ९८५८०७७५८३

८) पञ्चज्योति–आफन्त–जनमैत्री सेवा केन्द्र वीरेन्द्रनगर ३, एरीचोक, सुर्खेत

  • अफिस ०८३ – ५२०९०१ सेवा केन्द्र प्रमुख ९८५८०७७५८६

९) गुटु सेवाकेन्द्र चौकुने गाउँपालिका–८, गुटु, सुर्खेत ।

  • अफिस–९८५८०७७२७१ सेवा केन्द्र प्रमुख ९८५८०७७५९०

१०) बड्डीचौर सेवाकेन्द्र बराहताल गाउँपालिका–५, बड्डीचौर, सुर्खेत ।

  • अफिस – ९८५८०७७३७१ सेवा केन्द्र प्रमुख ९८५८०७७५८७

        ११) मेटेला सेवाकेन्द्र, चिङ्गाड गाउँपालिका, मटेला सुर्खेत ।

  • अफिस – ९८५८०७७६७१ सेवा केन्द्र प्रमुख ९८५८०७७५९१

१.८. संस्थाका कूल सदस्य संख्याः जम्मा २३,५८९ (महिलाः १३,२१० पुरूषः १०,३१३ अन्यः ६६)

१.९. संस्थाको वित्तीय झलकः

विवरण

२०८१ असार मसान्तसम्मको

२०८२ असार मसान्तसम्मको

सदस्य संख्या

२३५८९

२३,६५९

शेयर पूँजी

१५,०४,१७,९००

१६,००,३५,३००

बचत निक्षेप

८३,३५,९५,६६५

१,०५,४१,७९,९४३

ऋण लगानी

९,८१,३२,७७,९७९

१०९,९७,५६,५५२

वित्तीय लगानी

६२,०६,२०८।६५

७०,१७,१७६

कूल संस्थागत पूँजी

५,९५,४२,८१४

६,४९,७४,८५६

कूल स्थिर सम्पत्ति

२३५८९

६,७१,३७,८२०

बाह्य ऋणमा

१५,०४,१७,९००

१०,६२,६८,२१८

कूल सम्पत्ति

८३,३५,९५,६६५

१,४९,५९,९३,०३१

कूल मुनाफा

९,८१,३२,७७,९७९

६१,०६,१३०।४९

१.१०. हालसम्म संस्थाको नेतृत्व गर्ने अध्यक्षहरूको विवरणः

क्र.

सं.

 

नाम

 

ठेगाना

 

              कार्यकाल

देखि

सम्म

श्री देव किरण बि.सी.

वीनपा ७, सुर्खेत

२०५८/०३/२२

२०५९/०४/१४

श्री भीम प्रसाद सापकोटा

वीनपा ६, सुर्खेत

२०५९/०४/१५

२०६२/०९/१६

श्री ज्ञानु कुमारी बि.सी.

वीनपा ७, सुर्खेत

२०६२/०९/१७

२०६५/०८/०७

श्री मोती प्रसाद सापकोटा

वीनपा ११,  सुर्खेत

२०६५/०८/०८

२०६७/०९/२९

श्री कृष्ण बहादुर खड्का

वीनपा ६, सुर्खेत

२०६७/१०/०१

२०७३/०६/१७

श्री बम बहादुर बि.सी.

वीनपा ३, सुर्खेत

२०७३/०६/१८

हालसम्म

 

१.११.संस्थाको परिकल्पनाः

“दीगो, प्रतिस्पर्धी र उत्तरदायी वीरेन्द्रनगर साकोस”

१.१२. संस्थाको मुख्य ध्येयः

“सहकारी सिद्धान्तको पालना गर्दै नवीनतम् प्रविधिको माध्यमबाट सदस्यहरूको सहज जीवनयापनका लागि उत्तरदायी भई सम्पूर्ण वित्तीय सेवा सहितको सक्षम संस्था बनाउने”

१.१३. संस्थाका दीर्घकालिन उद्देश्यहरूः

  • संस्थासंग आवद्ध सदस्यहरू र जनसमुदायबीच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययीता अभिवृद्धि गरी नियमित बचत गर्ने बानी प्रवद्र्धन गर्ने ।
  • नियमित रूपमा सदस्यहरूबाट निक्षेप प्राप्त गर्नुका साथै उनिहरूले गरेको निक्षेपमा प्रतिस्प्रर्धात्मक रूपमा व्याज दिने ।
  • उत्पादनशील, आयमूलक, सीपमुलक उद्देश्यका लागि सदस्यहरूलाई उचित व्याजदरमा ऋण प्रदान गर्ने।
  • आत्मनिर्भरता तथा आत्मविश्वास सम्बन्धी धारणाबारे सदस्यहरूलाई उत्प्रेरित गर्ने ।
  • सदस्यहरूलाई आय आर्जन क्षमता वृद्धि गर्नका लागि आवश्यक मद्धत र जानकारी उपलब्ध गराउने ।
  • सदस्यहरूको आर्थिक अवस्थामा सुधार गर्न सक्ने किसिमका अन्य क्रियाकलाप सञ्चालन गर्ने ।
  • साधारण जनताको आर्थिक अवस्थाको विकास र प्रवर्दनमा समर्पित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठनहरूको दाँजोमा पुग्ने उद्देश्य लिई गठित केन्द्रीय संघको सदस्यता ग्रहण गर्ने ।
  • दातृ संस्थाहरूबाट कुनै शर्त नराखी प्राप्त हुने चन्दा तथा अनुदान स्वीकार गर्ने ।
  • आफ्नो उद्देश्य पुरा गर्नका लागि समान उद्देश्य भएका स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूसंग सहयोगात्मक भावना राख्ने ।
  • सदस्यहरूको समृद्धि र विकासको अधिकतम् हितलाई ध्यानमा राखी सहकारी ऐन, नियमावली र यस बिनियममा व्यवस्था भए बमोजिम दैनिक कार्य सञ्चालनका साथै चल अचल सम्पत्ति आर्जन गर्ने, क्रय विक्रय गर्ने, विनिमय गर्ने, हस्तान्तरण गर्ने, धरौटी राख्ने, बन्धकी राख्ने आदि कार्य गर्ने ।
  • सदस्यहरूको संस्थागत विकासका लागि आय आर्जन परीयोजना सञ्चालन गर्ने ।
  • समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समूहको आर्थिक सामाजिक उत्थानमा सहयोग पु¥याउने ।
  • अन्य संघ संस्थाबाट ऋण दिने र लिने ।

 

१.१४. कर्मचारीको संख्याः

क्र.स.

कर्मचारी संरचना

तह  

हालसम्मको संख्या

प्रमुख कार्यकारी अधिकृत

एघारौ तह

१ जना

कार्यालय व्यबस्थापक

सातौ तह

२ जना

वरिष्ठ अधिकृत

छैठौ तह

१ जना

कार्यक्रम अधिकृत

छैठौ तह

५ जना

विभागीय प्रमुख तथा सेवाकेन्द्र प्रमुख

पाँचौ तह

१६ जना

कार्यालय सहायक

चौथो तह

१४ जना

सहायक (सदस्य सहजकर्ता)

तेस्रो तह

४१ जना

कार्यालय सहयोगी

श्रेणी विहिन

३ जना

जम्मा

८३ जना (श्रावणसम्म)

१.१५. सञ्चालक समितिको संख्याः १७ जना (५ महिला १२ पुरूष )

१.१६. लेखा सुपरीवेक्षण समितिः ३ जना

१.१७. उप समितिको संख्याः२ वटा

    (१) ऋण उपसमितिः ३ जना

    (२) शिक्षा उपसमितिः ३ जना

१.१८. प्रविधिको उपयोगिताः

संस्थाका सबै हिसाव कितावहरू सप्mटेवयरमा राखिएको छ ।संस्थाले आप्mनै वेवसाईट सञ्चालनमा ल्याउनुका साथै सामाजिक सञ्जाल मार्फत संस्थाका गतिविधि सदस्य तथा सरोकारवाला निकायलाई सुसूचित गराई रहेको अवस्था छ । कर्मचारीहरूको दुर्त परिचालन तथा सञ्चार व्यवस्थापनका लागि संस्थागत इमेल, भाइबर समूह बनाई संस्थाको कारोवारो र सूचना आदान प्रदान गरिरहेको छ।डिजिटल सेवा अन्तर्गत संस्थाले SMS, Mobile App: Birendranagar Smart Coop, Visa Debit Card, Scan to pay जस्ता प्रविधिमैत्री सेवा उपलब्ध गराइरहेको छ ।

१.१९. संस्थाको तर्फबाट सदस्य केन्द्रित सेवाः

  • सदस्यहरूलाई सहकारी शिक्षा तथा सूचना ।
  • व्यावसायिक तालिम ।
  • सदस्यहरूलाई सबैखाले वित्तीय सेवा ।
  • जेष्ठ सदस्य सम्मान कार्यक्रम ।
  • बाल बचतकर्तालाई जन्मदिनको उपलक्ष्यमा शुभकामना तथा उपहार ।
  • योगदानकर्ता शेयर सदस्यलाई पुरस्कार तथा सम्मान ।
  • सफल सहकारी संस्थाहरूको अध्ययन भ्रमण ।
  • मृत्यु संस्कारमा राहत तथा श्रद्धान्जली अर्पण ।

१.२०. समुदाय केन्द्रित सेवाहरूः

  • वीरेन्द्रनगर स्वयम् सहायता समूह कार्यक्रम (क्ज्न्ए) ।
  • सामाजिक सेवा तथा राहत कार्यक्रम ।
  • रेमिटान्स सेवा ।
  • रक्तदान कार्यक्रम ।
  • सरसफाई कार्यक्रम ।

१.२१. आबद्धताः

   १) नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि., नेफ्स्कुन ।

   २) राष्ट्रिय सहकारी बैंक लि., काठमाण्डौ ।

   ३) जिल्ला बचत तथा ऋण सहकारी संघ लि., सुर्खेत ।

   ४) जिल्ला सहकारी संघ लि., सुर्खेत ।

    ५) प्रदेश बचत तथा ऋण सहकारी संघ लि., कर्णाली प्रदेश, सुर्खेत ।

    ६) राष्ट्रि«««य सहकारी सहासंघ, नेपाल ।

१.२२. संस्था सञ्चालनमा सञ्चालक समिति र व्यवस्थापनको तर्फबाट प्रतिवद्धताः

१. हामी हाम्रो संस्थामा सुशासन कायम गर्न प्रतिबद्ध छौँ ।

२. हामी “एकका लागि सबै सबैका लागि एक” को मान्यताप्रति प्रेरित छौँ ।

३. हामी सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्त, मूल्य मान्यताहरू प्रति प्रतिबद्ध छौँ ।

४. हामी पारस्परिक सहयोगमा आधारित समाजको परिकल्पना पूरा गर्न प्रतिबद्ध छौँ ।

५. सदस्यहरूलाई भेदभावरहित गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न  प्रतिबद्ध छौँ ।

६. हामी सञ्चालकहरू संस्थाको हितका लागि स्वयम्सेवी भावनाले क्रियाशील हुन प्रतिबद्ध छौँ।

७. सदस्यहरूको आर्थिक कारोवारोको गोपनीयता र लगानीको सुरक्षा कायम राख्नेछौँ ।

८. संस्थाका सञ्चालकहरू, कर्मचारीहरू संस्थाप्रति पूर्ण जवाफदेही र स्व–उत्तरदायी हुनेछौँ ।

९. सदस्यहरूद्वारा माग हुने संस्थाका गतिविधिहरूको सूचनाको हकप्रति पूर्ण प्रतिबद्ध छौँ । 

१०. सदस्यहरूद्वारा प्राप्त सुझावहरूलाई संस्था सञ्चालनका मार्गदर्शनका रूपमा ग्रहण गर्दछौं ।

कर्णाली प्रदेशकाे प्रादेशिक राजधानी सुर्खेत जिल्ला करिब २४५१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएकाे छ । बाह्रबण्डाल १८ खण्डालको नामले परिचित यस क्षेत्रको पूरानो नाम दोभानचौर हो । यसको कूल क्षेत्रफल मध्ये ३४ वर्ग किलोमिटर शहरी क्षेत्र र २४१७ वर्ग किलोमिटर ग्रामीण क्षेत्रको रूपमा रहेको छ । जसमा ५२,२०० हेक्टर खेतीयोग्य जमीन र ३७,४४४ हेक्टर वन जंगलले ढाकेको क्षेत्र रहेको छ । १४,४०१ हेक्टर चरनक्षेत्र रहेको यस जिल्लामा १७४२.५ हेक्टर सिञ्चित जमीन रहेको छ । समुन्द्री सतहबाट १९८ देखि २३६७ मिटर उचाईसम्म यसको भू–भाग फैलिएको छ । यो जिल्ला पश्चिममा डोटी, उत्तरमा अछाम, दैलेख जाजरकोट, पूर्वमा सल्यान, दक्षिणमा बर्दिया र कैलाली जिल्लाले वेस्ठित छ । कर्णाली प्रदेशको भित्री मधेशक्षेत्र र प्रादेशिक राजधानी समेत यसै जिल्लामा रहेको छ । यस जिल्लामा ५ नगरपालिका र ४ गाँउपालिका रहेका छन् । विभिन्न ताल तलैया, गुफा, मठ मन्दिर, गुम्बा र मस्जिद रहेको यो जिल्ला हिमाली, पहाडी, र मधेशमा बसोवास गर्ने विभिन्न जातजातिका मानिसहरूको संगमस्थल हो ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार यस जिल्लाको घरधुरी संख्या ७,२८४ र जनसंख्या ४,१७,७७६ रहेको छ । विभिन्न सम्भावनाहरू बोकेको यस जिल्लाको सदरमुकाम वीरेन्द्रनगरमा बस्नु हुने सामाजिक चेत राख्ने महानुभावहरूले आफू मध्येबाट २७ जनाको समूह बनाएर वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गठन र मिति २०५८ साल असार २२ गते विधिवत रूपमा डिभिजन सहकारी कार्यालयमा दर्ता भएको होे । स्थापनाको पहिलो चरणमा यसक्षेत्रमा वसोवास गर्ने मानिसहरूले आर्जन गरेको रकमबाट केही अंश बचाएर बचत गर्ने बानी बसाल्ने, बचतबाट जम्मा भएको रकमबाट स–साना व्यवसाय सञ्चालन गरी उनीहरूमा स्वरोजगारी सिर्जना गर्ने, स्वावलम्बन र पारस्परिक सहयोग आदान प्रदानको संस्कार विकास गर्ने, आर्थिक समृद्धि, सामाजिक रूपान्तरण र सांस्कृतिक उन्नयन जस्ता क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्य राखिएका थिए । हाल सुर्खेत जिल्लाका सबै पालिकाहरू कार्यक्षेत्र रहेका छन् ।

वीरेन्द्रनगर साकोसले विगतमा विभिन्न आरोह अवरोहहरूसँग मुकावला गर्‍यो । स्थापनाका सुरू वर्षहरूमा २७ जना सदस्य, १ जना कर्मचारीले एउटा कोठाबाट १० बर्षसम्म कार्यालय सञ्चालन गरेर अत्यन्त संघर्षपूर्ण तर गौरवपूर्ण दिनहरू यसले व्यतित गरेको छ । संस्थाको जीवनमा कैयौं उतारचढावहरू आए । कठिनभन्दा कठिन समस्याहरू आए । यसमा विगतमा संस्थाको नेतृत्व गर्नु हुने महानुभावहरूको योगदान अतुलनीय र अमूल्य रहेको छ । वीरेन्द्रनगरमा वसोवास गर्ने बुद्धिजीवि, व्यापारी, कर्मचारी, किसान र सर्वसाधारणहरूसंग समन्वय गरी सहकारी विकासका लागि प्रयासहरू गरिएको थियो । व्यावसायिक क्षमता विस्तार र सदस्यहरूलाई सेवा प्रदान गर्न सुर्खेत जिल्लामा सहकारी संस्था मार्फत एम्बुलेन्स सेवा सञ्चालन गर्ने पहिलो संस्था हो ।

पछिल्ला वर्षहरूमा यस संस्थाले सुर्खेत जिल्लाका सबै क्षेत्रमा रहेका विभिन्न विषयका ६६ वटा सहकारी संस्थाहरूसंग “सहकारीहरूबीच सहकार्य” अभियान सञ्चालन गरेर उनीहरूसंगको उन्नत सम्बन्ध विकास भएको छ, सहकारी सञ्जालको निर्माण, सम्पर्क विस्तार र समन्वय कायम भएको छ । यसरी स्थापित सम्बन्धको उन्नत रूप डिभिजन सहकारी कार्यालय सुर्खेतमा मिति २०६५//२९मा दर्ता भएको द. नं. ३०/२०६५/०६६ को श्री खगेन्द्र शाही र बीनीबहादुर शाहीले नेतृत्व गर्नु भएको श्री पञ्चज्योती साकोस वीरेन्द्रनगर–४, सुर्खेत, मिति २०६५//२९ मा दर्ता भएको द.नं. ५/२०६५/०६६ को श्री बालकृष्ण हमाल चालिसेको नेतृत्वमा रहेको श्री आफन्त ग्रामीण कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड र मिति २०६६/४/२८ दर्ता भएको द.नं.६/०६६/०६७ को श्री टेकबहादुर खड्काको नेतृत्वमा रहेको श्री जनमैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीनपा ३ सुर्खेतसंग एकीकरण भई मिति २०७६ असोज २३ गते सहकारी विभागबाट एकीकरणको स्वीकृति पाएर वीरेन्द्रनगर साकोसको नामबाट सञ्चालन हुदै गर्दा संस्थाको निरन्तरको सम्पर्क र समन्वयको प्रयासपछि डिभिजन सहकारी कार्यालय सुर्खेतमा मिति २०६/२/१ मा दर्ता भएको द.नं.५/०६७/०६८ को सुर्खेत क्याम्पस शिक्षाका प्राध्यापकहरूको संयोजनमा सञ्चालित श्री बेचुलाल चौधरीको नेतृत्वमा रहेको श्री नवबौद्धिक एकता साकोस वीरेन्द्रनगर–८, सुर्खेत र मिति २०६४/१०/३ मा दर्ता भएको द.नं. २९/०६४/०६५ को श्री डोरप्रसाद शर्माको नेतृत्वमा रहेको श्री मालिका साकोस चिङ्गाड ३ मटेला सुर्खेतबीच थप एकीकरण भई वीरेन्द्रनगर साकोसको नाममा सञ्चालन भइरेहेको छ ।

हाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि, राष्ट्रिय सहकारी बैङ्क लिमिटेड, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड, जिल्ला सहकारी संघ लि र कर्णाली प्रदेश बचत तथा ऋण सहकारी संघ लिमा आवद्ध रहेको यो संस्थाले १२ वटा सेवा केन्द्रबाट 76 जना कर्मचारीहरू मार्फत झण्डै २४,३०० सदस्यहरूलाई सेवा प्रवाह गरिरहेको छ । यस संस्थाले कर्णाली प्रदेशको उत्कृष्ट साकोस र सर्वश्रेष्ठ शेयरकर्ताको पुरस्कार प्राप्त गरिसकेको छ । नेफ्स्कुन फिल्ड कार्यालय सञ्चालन उप–समितिको सञ्चालक सदस्य संस्थाको रूपमा रहेको छ ।  संस्थालाई सवल, स्वस्थ र दीगो बनाउनका लागि नेफ्स्कूनद्धारा सञ्चालित प्रोबेशन कार्यक्रममा संलग्न भएका छौं । संस्थाले विभिन्न वित्तीय संस्थाहरूसंग सम्बन्ध विस्तार गरी वित्तीय सेवा लिने दिने गर्दै आएको छ ।