सुर्खेत जिल्लाभित्र सञ्चालनमा रहेका कार्यक्षेत्र जोडिएका र उद्देश्य मिलेका विभिन्न सहकारी संस्थाबीच एकीकरण गरी संस्था तथा सदस्यहरूको आर्थिक तथा सामाजिक र सांस्कृतिक अवस्थालाई सुदृढ गर्दै सहकारी व्यवसायलाई आधुनिक, वैज्ञानिक र विश्वसनीय बनाउन सदस्य सेवा स्तरलाई वृद्धि गर्दै समग्र वित्तीय अवस्थामा प्रभावकारी परिवर्तन गर्ने उदेश्यले हालसम्म ८ वटा सहकारी संस्थाहरू मिलेर श्री वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि. बनेको छ । यस एकीकरण अभियानमा साथ दिने ८ वटै सहकारी संस्थाहरूको सञ्चालकज्यूहरू, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, कर्मचारी र सबै शेयर सदस्यहरूको योगदानलाई वीरेन्द्रनगर साकोसको इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ । त्यसका लागि यहाँहरू सबैलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छौ । यस एकीकरण अभियानमा हालसम्म साथ दिने ८ वटा संस्थाहरूको सामान्य चिनारी यस प्रकार रहेको छ ।

समुदायमा छरिएर रहेको पु‘जीलाई एकीकृत गरी सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउने उद्देश्यले २०५८ आषाढ २२ गते २७ जनाको भेलाद्धारा वीरेन्द्रनगर बचत तथा ऋण  सहकारी संस्था लिमिटेडको नामाकरण गरी आवश्यक प्रक्रिया पुरा गरी सहकारी ऐन र सहकारी नियमावलीको परिधिभित्र रहि यसमा आवद्घ भएका सबै सदस्यहरूको एउटा छुट्टै पहिचान बनाउन सक्ने गरी वीरेन्द्रनगर बचत तथा ऋण  सहकारी संस्था लि. को २०५८ आषाढ २२ गते दर्ता नं. २११ (११) ०५७/०५८) मा जिल्ला सहकारी कार्यालय, बॉकेमा दर्ता भयो । संस्था स्थापनादेखि हालसम्म आएका उतार–चढाव र तीता–मिठा क्षणहरूलाई सकारात्मक सिकाईको रूपमा लिदै हाल संस्थाले सुर्खेत जिल्लाभरि कार्यक्षेत्र कायम गरी संस्थामा ७५ जना कर्मचारी र थप ११ वटा सेवा केन्द्र सहित वीरेन्द्रनगर नगरपालिका वडा नं.६, गणेशचोक स्थित संस्थाको मुख्य कार्यालय रहेको छ ।

सहकारी सिद्धान्त अनुसार बचत तथा ऋण परिचालनको माध्यमबाट सदस्यको आर्थिक जीवनस्तरमा सुधार ल्याई आधुनिक प्रविधिको प्रयोग गरी सदस्यहरूको आवश्यकतालाई मध्यनजर गर्दै समय सापेक्ष सेवाबाट सदस्यहरूलाई सक्षम बनाउने उदेश्यले डिभिजन सहकारी कार्यालय सुर्खेतमा मिति २०६५/८/२९मा दर्ता भएको दर्ता नम्बर ३०/२०६५/०६६ को श्री पञ्चज्योती बचत तथा ऋण सहकारी संस्था लि वीरेन्द्रनगर ४, सुर्खेतमा सञ्चालन भई मिति २०७७/०६/२२ गते श्री वीरेन्द्रनगर साकोसका बीच एकीकरण भएको थियो ।

हाम्रो समाजमा रहेको व्याप्त गरिबी, अशिक्षा र कूलतबाट समूदायका यूवाहरूलाई मुक्त गरि बचत गर्ने बानीको विकास गराउने र संकलित बचतलाई सदस्यहरू भित्रै परिचालन गरि विभिन्न किसिमका उद्यमहरू ग्र्ने उदेश्यले डिभिजन सहकारी कार्यालय सुर्खेतमा मिति २०६५/८/२९ मा दर्ता भएको दर्र्ता नम्बर ५/२०६५/०६६ को आफन्त ग्रामीण कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर ४ सुर्खेतमा सञ्चालन भई मिति २०७७/०६/२२ मा श्री वीरेन्द्रनगर साकोसका बीच एकीकरण भएको थियो । 

सदस्यहरूको सहकारीका माध्यमद्धारा सामाजिक तथा आर्थिक रूपमा रूपान्तरण गर्ने उदेश्य अनुरूप डिभिजन सहकारी कार्यालय सुर्खेतमा मिति २०६६/४/२८ दर्ता भएको दर्ता नम्बर ६/०६६/०६७ को श्री जनमैत्री बहुउद्देश्यीय सहकारी संस्था लि वीनपा ३, सुर्खेतमा सञ्चालन भई मिति २०७७/०६/२२ गते श्री वीरेन्द्रनगर साकोसका बीच एकीकरण भएको थियो ।

“एक थुकी सुकी सय थुकी नदि, आज गरे बचत भोलि जीवन सुखी” भन्ने मूल नाराको साथ सहकारीद्धारा जनताको सामाजिक तथा आर्थिक रूपान्तरण गर्न जनताको सेवा जनताद्धारा र सबैको घर आँगनमा सेवा दिने उद्देश्यका साथ सुर्खेत क्याम्पस (शिक्षा) र मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूको बौद्धिक जमातको सहकार्यमा डिभिजन सहकारी कार्यालय, सुर्खेतमा मिति २०६८/०२/०२ दर्ता भएको दर्ता नम्बर ८५/०६७/०६८ को श्री नवबौद्धिक एकता बचत तथा ऋण सहकारी संस्था लि. वीनपा ८ सुर्खेतमा सञ्चालन भई मिति २०७९/०३/२२ गते श्री वीरेन्द्रनगर साकोसका बीच एकीकरण भएको थियो ।

सहकारी सिद्धान्त आत्मसात गर्दै बचत तथा ऋण परिचालनको माध्यमबाट सदस्यको आर्थिक जीवनस्तरमा सुधार ल्याई सदस्यहरूको आवश्यकतालाई मध्यनजर गर्दै समय सापेक्ष सेवाबाट सदस्यहरूलाई सेवा प्रवाह गर्ने उदेश्यले डिभिजन सहकारी कार्यालय, सुर्खेतमा मिति २०६४/१०/०३ दर्ता भएको दर्ता नम्बर २९/०६४/०६५ को श्री मालिका बचत तथा ऋण सहकारी संस्था लि. चिङगाड ३, मटेला सुर्खेतमा सञ्चालन भई मिति २०७९/०३/२२ गते श्री वीरेन्द्रनगर साकोसका बीच एकीकरण भएको थियो ।

सहकारी सिद्धान्त आत्मसात गर्दै बचत तथा ऋण परिचालनको माध्यमबाट सदस्यको आर्थिक जीवनस्तरमा सुधार ल्याई सदस्यहरूको आवश्यकतालाई मध्यनजर गर्दै समय सापेक्ष सेवाबाट सदस्यहरूलाई सेवा प्रवाह गर्ने उद्देश्यले डिभिजन सहकारी कार्यालय, सुर्खेतमा मिति २०६७/१०/१९ गते दर्ता भएको दर्ता नम्बर ४६/०६७/०६८ को श्री अभ्यूदय ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि पञ्चपुरी नगरपालिका ५, सुर्खेतमा सञ्चालन भई मिति २०७९/१२/२१ गते श्री वीरेन्द्रनगर साकोसका बीच एकीकरण भएको थियो ।

सहकारी सिद्धान्त आत्मसात गर्दै बचत तथा ऋण परिचालनको माध्यमबाट सदस्यको आर्थिक जीवनस्तरमा सुधार ल्याई सदस्यहरूको आवश्यकतालाई मध्यनजर गर्दै समय सापेक्ष सेवाबाट सदस्यहरूलाई सेवा प्रवाह गर्ने उदेश्यले डिभिजन सहकारी कार्यालय, सुर्खेतमा मिति २०६४/१०/१५ गते दर्ता भएको दर्ता नम्बर ३४/०६४/०६५ को श्री ओयसिस बचत तथा ऋण सहकारी संस्था लि वीरेन्द्रनगर ६, सुर्खेतमा सञ्चालन भई मिति २०७९/१२/२१ गते श्री वीरेन्द्रनगर साकोसका बीच एकीकरण भएको थियो ।