वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि., सुर्खेतको आयोजनामा संस्थाका २२ जना कर्मचारीहरूको आन्तरिक पदोन्नति तथा नियुक्ति पत्र वितरण एवं बधाई कार्यक्रम मिति २०८२ माघ २४ गते सम्पन्न भएको छ।
 
संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्र बहादुर थापाको अध्यक्षतामा संस्थाका कार्यालय व्यवस्थापक योगेन्द्र भण्डारी, वरिष्ठ कार्यक्रम अधिकृत रेशम प्रसाद सुवेदी, कर्यक्रम अधिकृतहरू विन्दु लामा, लिलाराम नेपाली, निर्मला शाही, सम्राट शाही, बम बहादुर पुन, सहायक कार्यक्रम अधिकृत गिता कुमारी रोकाय र कमला सापकोटाको अतिथ्यतामा सम्पन्न तालिममा संस्थाका २२ जना कर्मचारीहरूको एक तह पदोन्नति, २१ जना कर्मचारीहरूको सामाजिक सुरक्षा कोष योगदानमा आवद्धता र २ जना नव नियुक्त कर्मचारीहरूलाइ नियुक्ति पत्र तथा कार्य विवरण सहित पदउन्नति, कोषमा आवद्ध तथा नव नियुक्त कर्मचारीहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना आदान प्रदान गरिएको थियो।

कार्यक्रमको अवसरमा अध्यक्षीय मन्तव्य व्यक्त गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्यूले संस्थामा आवद्ध सम्पूर्ण कर्मचारीहरूले सकारात्मक सोचका साथ पदिय जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्दै पाएको अवसरको सदुपयोग गर्न, आपसी सहयोगी भावना कायम राख्न, न्यायपूर्ण व्यवहार अपनाउन, सदस्य तथा समुदायसँग सुमधुर सम्बन्ध विकास गर्न, निरन्तर अध्ययनशील रहन तथा नबुझेका विषयहरू नडराई सोध्ने संस्कार विकास गर्न निर्देशन दिनुभयो। साथै, संस्थाका लागि कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै कर्मचारी आचारसंहिताको पूर्ण पालना गर्न र पदको दुरुपयोग नगर्न आग्रह गर्नुभयो।
 
कार्यक्रममा उपस्थित सहभागीहरूलाइ स्वागत गर्दै संस्थाका कार्यालय ब्यवस्थापक योगेन्द्र भण्डारीले कर्मचारीहरूले शेयर सदस्यहरूप्रति प्रतिबद्ध र जिम्मेवार भई संस्थाको हितलाई व्यक्तिगत अहम भन्दा माथि राख्दै, सस्तो लोकप्रियताको पछि नलागी धैर्य, विवेक र पेशागत मर्यादा कायम राख्नु पर्ने कुरा बताउदै पदोन्नति, कोषमा आवद्ध तथा नव नियुक्त कर्मचारीहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। संस्थाका ५७ जना कर्मचारीहरूको सहभागिता रहेको उक्त कार्यक्रमको औपचारिक सञ्चालन संस्थाका लेखा प्रमुख श्री दिपक प्रसाद शर्माले गर्नु भएको थियो।

आज यस वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आ.व. २०८१।०८२ को बार्षिक समिक्षा तथा आ.व. २०८२।०८३ को योजना निर्माण गोष्ठी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ ।


कार्यक्रमको अध्यक्षता संस्थाका श्रद्धेय अध्यक्ष श्री बम बहादुर बि.सी. ज्यू ले गर्नु भएको थियो। कार्यक्रममा संस्थाका सल्लाहकार श्रद्धेय श्री कृष्ण बहादुर खड्का, सल्लाहकार श्रद्धेय श्री काली प्रसाद नेपाली र लेखा सुपरिवेक्षण समितिका संयोजक श्री बेचुलाल चौधरी ज्यूको आतिथ्यतामा कार्यक्रमको समुदघाटन गरिएको थियो भने उक्त कार्यक्रममा आ.व. २०८१/२०८२ को बार्षिक समिक्षा तथा संस्थाद्वारा सम्पन्न गरिएका कार्यक्रम तथा वित्तीय उपलब्धीको बारेमा प्रस्तुतीकरण संस्थाका कार्यालय व्यवस्थापक श्री प्रकाश शर्माले गर्नु भएको थियो भने कार्यक्रम को सन्चालनका साथै आगामी आ.व.२०८२/२०८३ को नीति कार्यक्रम तथा बजेटको प्रस्तुतीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री छत्र बहादुर थापा ज्यु ले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका संचालक समिति सदस्यज्युहरु, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, शिक्षा उपसमिति र ८ वटै सेवाकेन्द्र सन्चालन व्यवस्थापन उपसमितिका पदाधिकारीहरु लगाएत संस्थाका उच्च व्यवस्थापन समुह र सेवा केन्द्र प्रमुखहरुको सक्रिय सहभागिता सहित कार्यक्रम सम्पन्न गरियो ।