वीरेन्द्रनगर डेबिट कार्ड

वीरेन्द्रनगर डेबिट कार्ड एक चिप-आधारित आधुनिक भिजा डेबिट कार्ड हो, जसको माध्यमबाट सदस्यले खातामा उपलब्ध रकम सजिलै निकाल्न सक्ने सुविधा प्राप्त गर्छन्। यो कार्डको उद्देश्य सदस्यलाई आधुनिक बैंकिङ प्रणालीसँग अझ नजिक लैजानु हो। यसका लागि वीरेन्द्रनगर साकोसले सनराइज बैंकसँग एटीएम सञ्जालमार्फत कारोबार गर्ने आवश्यक सहकार्य गरेको छ।

यस कार्डमार्फत सदस्यहरूले देशभरिका एटीएमहरूमा साथै भारत र भुटानका एटीएमहरूमा पनि आफ्नो खाताको रकम निकाल्न सक्ने सुविधा प्राप्त गर्नेछन्।

भिजा एटीएमका विशेषताहरू

  1. भिजा एटीएम सञ्जालसँग आवद्ध।
  2. नेपालभरिका १२०० भन्दा बढी एटीएमबाट रकम निकाल्न सकिने।
  3. कार्डको अवधि ५ वर्ष सम्म।
  4. सनराइज बैंकको नेटवर्कमा कुनै अतिरिक्त रकम नलाग्ने।
  5. कार्ड स्वाइप गरी भुक्तानी गर्न सकिने।

भिजा एटीएम लिनका लागि योग्यताः

वीरेन्द्रनगर साकोसमा स्वेच्छिक खाता भएका सदस्यले मात्र वीरेन्द्रनगर डेबिट कार्ड एप्लिकेसन फाराम भरेर कार्ड प्राप्त गर्न सक्नेछन्।

सेवा शुल्कः

  1. नयाँ कार्ड शुल्क: रू ३००
  2. पुनः कार्ड जारी शुल्क: रू ३००
  3. नयाँ पिन अनुरोध शुल्क: रू १००

पिन परिवर्तनका लागि पनि कार्डले भिजा नेटवर्कमा सजिलै काम गर्ने सुविधा प्रदान गर्दछ।

आवद्ध बैंकहरुको सूचीः