संस्थाको २४औँ वार्षिक साधारणको अन्तिम निर्णय प्रमाणिकरण सभा कार्यक्रम असोज १२ गते होटेल नमस्ते नेपालको सभाहलमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बमबहादुर बि.सी.ले सभाध्यक्षता ग्रहण गर्नुभएको उक्त कार्यक्रममा संस्थाको संचालक समिति तथा लेखा सुपिरवेक्षण समितिका पदाधिकारी लगायत एकाईगत रूपमा सम्पन्न साधारण सभाले चयन गरि पठाएका ७ वटै एकाइका प्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।साथै उक्त कार्यक्रममा सहकारी मामिलाका जानकार तथा विश्लेषक भुपेन्द्रबहादुर शाही ज्युबाट संस्थाको “वीरेन्द्रनगर साकोस स्रोत परिचालनको अबस्था र भावि मार्गचित्र” बिषयक एक कार्यपत्र पेश भएको थियो ।

साथै उक्त सभाले २४औँ वार्षिक साधारण सभाका कार्यसूची अन्तरगत प्रस्तावित १७ वटा प्रस्तावहरू उपर ब्यापक रूपमा छलफल गरी सर्वसम्मत रुपमा पारित गर्दै अन्तिम निर्णय प्रमाणिकरण कार्यक्रम विधिवत रूपमा समापन गरिएको थियो।संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले सञ्चालन गर्नुभएको यस कार्यक्रममा संस्थाका व्यवस्थापन तर्फका कार्यालय व्यवस्थापक, विभागीय प्रमुख, कार्यक्रम अधिकृत एवं सेवा केन्द्र प्रमुखहरूलगायतको उपस्थिति रहेको थियो ।

वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारण सभा २०८२ एकाईगत रूपमा सम्पन्न भएको छ ।

एकाईगत रूपमा सम्पन्न कार्यक्रमहरूमा संस्थाका सञ्चालक समिति अध्यक्ष श्री बम बहादुर बि.सी., वरिष्ठ उपाध्यक्ष श्याम पौडेल, उपाध्यक्ष रेश्मा खत्री, सचिव रमेश कुमार सापकोटा, सञ्चालक समिति सदस्यहरू कमल प्रसाद नेपाल, बालकृष्ण हमाल चालिसेले विभिन्न एकाइगत कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो ।उक्त साधारण सभामा संस्थाका सञ्चालक समिति सदस्यहरू मोति प्रसाद सापकोटा, देविराम बोहोरा, भद्र भण्डारी, राजन रजवार, सुरेशकुमार बि.सी., विद्या खत्री, शान्ति पोख्रेल, सीता बराल मगर, कविराम खड्का,लेखा सुपरिवेक्षण समिति संयोजक बेचुलाल चौधरी, ले.सु.स. सदस्यहरू लाल बहादुर खड्का र सूर्य कुमारी बि.सी.ले सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति संयोजक एवं सदस्य लगायत, संस्थाका शेयर सदस्य तथा समाजसेवीहरूको आथित्यता सँगै एकाई अन्तरगतका संस्थाका शेयर सदस्यज्यूहरूको सक्रिय सहभागीतामा कार्यक्रम उद्घाटन गरि समापन गरिएको छ।

उत्त कार्यक्रममा संस्थाको २४औँ वार्षिक साधारण सभा २०८२ को प्रगति प्रतिवेदन, नीति तथा कार्यक्रम र बजेटको प्रस्तुतीकरण संस्थाका सञ्चालक समितिका पदाधिकारी तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरूले गर्नु भएको थियो भने संस्थाका सेवाकेन्द्र संचालन तथा व्यवस्थापन उपसमितिका संयोजक तथा सदस्यहरूले सेवा केन्द्रहरूको आ.व. २०८१।०८२ को वार्षिक प्रगति प्रतिवेदनको प्रस्तुतिकरण गर्नु भएको थियो । साथै कार्यक्रममा संस्थाले १२ वटा विधा अन्तरगत ३८१ जना संस्थाका शेयर सदस्य महानुभावज्यूहरूलाई सम्मान स्वरूप बाल सदस्यहरूलाई स्टेसनरी, जेष्ट सदस्यहरूलाई पौष्टिक आहार र अन्य सदस्यहरूलाई प्रसंसा पत्र, र ११ कित्ता संस्थागत शेयर थप सहित सम्मान गरेको थियो ।

कार्यक्रममा सेवाकेन्द्रहरूको वार्षिक प्रतिवेदन तथा संस्थाको आ.व. २०८१।०८२ प्रगति प्रतिवेदन, नीति तथा कार्यक्रम र बजेटको प्रस्तुतीकरण उपर उपस्थित शेयर सदस्यहरूसँग बृहत रूपमा छलफल सम्पन्न गरि सदस्यबाट संस्थालाई आएका रचनात्मक सुझावहरू संकलन गरि कार्यक्रम समापन गरिएको थियो । २४औँ वार्षिक साधारण सभाको कार्यसूची अन्तरगत प्रस्तावित १७ बुँदे प्रस्तावहरू प्रस्तुति, छलफल र पारित गर्दै सर्वसम्मत रुपमा संस्थागत एजेण्डाहरु पारित गर्दै कार्यक्रम सफलता पूर्वक समापन गरिएको थियो ।

संस्थाको २४औँ वार्षिक साधारण सभाको कार्यक्रम, २०८२ एकाईगत रूपमा मिति २०८२ असोज ०८ गते एकाईनं. १ गुटु र अभ्यूदय सेवा केन्द्रमा संस्थाका ३,१५८ शेयर सदस्यहरू मध्ये १,८१६ सदस्यको उपस्थिति रहेको थियो । एकाई नं. २ बड्डीचौर सेवा केन्द्रमा संस्थाका ६४६ शेयर सदस्यहरू मध्ये ३९० सदस्यको उपस्थिति रहेको थियो। एकाई नं. ३ मालिका सेवा केन्द्रमा संस्थाका ८७४ शेयर सदस्यहरू मध्ये ४८३ सदस्यको उपस्थिति रहेको थियो। एकाई नं. ४ राकम सेवा केन्द्रमा संस्थाका १,५३९ शेयर सदस्यहरू मध्ये ९८१ सदस्यको उपस्थिति रहेको थियो। एकाई नं. ६ जहरे र छिन्चु सेवा केन्द्रमा संस्थाका २,९६० शेयर सदस्यहरू मध्ये १,७५८ सदस्यको उपस्थिति रहेको थियो। २०८२ असोज ०९ गते एकाई नं. ५ मेहेलकुना सेवा केन्द्रमा संस्थाका २,२०८ शेयर सदस्यहरू मध्ये १,१७४ सदस्यको उपस्थिति रहेको थियो भने २०८२ असोज ११ गते गते एकाई नं. ७ भ्याली भित्रका सबै सेवा केन्द्र (मुख्य कार्यालय, बांगेसिमल सेवा केन्द्र, पीपीरा सेवा केन्द्र, पञ्चज्योती आफन्त जनमैत्री सेवाकेन्द्र, ओयसिस सेवाकेन्द्र) मा संस्थाका १२,२७४ शेयर सदस्यहरू मध्ये ६,७२२ सदस्यको उपस्थिति रहेको थियो । संस्थाका जम्मा शेयर सदस्य २३,६५९ मध्ये साधारण सभामा १३,२०४ सदस्यहरू उपस्थित भइ संस्थाको २४औँ वार्षिक साधारण सभाको कार्यक्रम, २०८२ एकाईगत रूपमा ७ वटा एकाईहरूको साधारण सभा २०८२ असोज ८ गते देखी ११ गते सम्म सम्पन्न गरिएको छ ।

एकाईगत रूपमा सम्पन्न २४औँ वार्षिक साधारण सभाको कार्यक्रम संचालन तथा व्यवस्थापन संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापा, कार्यालय व्यवस्थापक योगेन्द्र भण्डारी, र प्रकाश शर्मा, वरिष्ठ कार्यक्रम अधिकृत रेशम प्रसाद सुवेदी, कार्यक्रम अधिकृत लिलाराम नेपाली, विन्दु लामा, छिन्चु सेवा केन्द्र प्रमुख तथा कार्यक्रम अधिकृत निर्मला शाही, कार्यक्रम अधिकृत बमबहादुर पुनमगर लगायत संस्थाका विभागीय प्रमुख, वरिष्ठ सहायक तथा उल्लेखित सेवा केन्द्र अन्तरगतका सेवाकेन्द्र प्रमुख, वरिष्ठ सहायक, सहायक तथा सहजकर्ता कर्मचारीहरूले गर्नु भएको थियो।

एकाई गत रुपमा ७ वटा एकाईहरुको २०८१ असोज १२ गतेदेखि १७ गते सम्म एकाईगत रुपमा साधारण सभा कार्यक्रम सम्पन्न भए पश्चात संस्थाको २३ औँ वार्षिक साधारणको अन्तिम निर्णय प्रमाणिकरण कार्यक्रम असोज १९ गते सम्पन्न गरिएको छ ।

वीरेन्द्रनगर ६, सुर्खेतमा आयोजना भएको कार्यक्रममा संस्थाका अध्यक्ष श्री बमबहादुर बि.सी.ज्यू ले सभाध्यक्षता ग्रहण गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्ष श्री श्याम पौडेलज्यूको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको पानसमा दीप प्रज्वलन गर्दै औपचारिक सुरुवात गरिएको थियो । संस्था उपाध्यक्ष श्री रेश्मा खत्रीज्यू, सचिव श्री रमेश कुमार सापकोटाज्यू, लगायत सञ्चालक समितिका सदस्यज्यूहरु साथै लेखा सुपरिवेक्षण समिति संयोजक श्री बेचुलाल चौधरी, सदस्य सदस्य श्री सूर्य कुमारी बि.सी.ज्यू, ऋण उपसमिति संयोजक देविराम बोहोरा तथा शिक्षा उपसमिति संयोजक राजन रजवारज्यूको समुपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो ।

कार्यक्रममा वक्ताका रुपमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनु हुने लब्ध प्रतिष्ठित व्यक्तिक्त्वज्यूहरु शैक्षिक अभियन्ता, राजनीतिकर्मी एवं समाजसेवीज्यूहरुले विभिन्न सत्रमा सहकारी क्षेत्रको विद्यमान अवस्था, अवसर तथा चूनौती एवं सहकारी अभियानले राखेका समाज रुपान्तरणका सम्भावनाहरुमा केन्द्रित रहेर आफ्ना रचनात्मक सल्लाह तथा सुझाव प्रस्तुत गर्दै आफ्ना प्रस्तुतिकरण राख्नुभएको थियो ।

संस्थाका सञ्चालक समिति सचिव श्री रमेश कुमार सापकोटाज्युले सञ्चालन गर्नुभएको यस कार्यक्रममा संस्थाका व्यवस्थापन तर्फका प्रमुख कार्यकारी अधिकृत श्री छत्र बहादुर थापाज्यू, कार्यालय व्यवस्थापकज्यू, विभागीय प्रमुखज्यू, कार्यक्रम अधिकृत एवं बरिष्ठ सहायक कर्मचारीज्यूहरूको उपस्थिति रहेको थियो ।

२३ औँ वार्षिक साधारण सभाको कार्यसूची अन्तरगत प्रस्तावित २१ बुँदे प्रस्तावहरू प्रस्तुति तथा छलफल गर्दै सर्वसम्मत रुपमा संस्थागत एजेण्डाहरु पारित गर्दै अन्तिम निर्णय प्रमाणिकरण कार्यक्रम समापन गरिएको थियो।

संस्थाको २३ औँ वार्षिक साधारण सभा वीरेन्द्रनगर नगरपालिका भित्रका एकाई नं. ७ काे मुख्य कार्यालय, गणेशचोक, बांगेसिमल सेवाकेन्द्र बांगेसिमल, पीपीरा सेवा केन्द्र पीपीरा, पञ्चज्योती-आफन्त-जनमैत्री सेवाकेन्द्र एरिचोक, ओयसिस सेवाकेन्द्र वीरेन्द्रचोक अन्तरगत संयुक्त रुपमा कार्यक्रम असोज १६ गते सम्पन्न गरिएको छ ।

वीरेन्द्रनगर स्थित प्रदेशसभाहलमा आयोजना गरिएको साधारण सभा कार्यक्रममा प्रमुख आतिथ्यता राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक एवं समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य श्री काशिचन्द्र बरालज्यू यसै गरी अतिथिज्यूहरूमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कून सञ्चालक श्री बीर बहादुर रावत भोटेज्यू,

जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सुर्खेतका उपाध्यक्ष श्री ओम प्रकाश ढकालज्यू, राष्ट्रिय सहकारी बैंक लि. प्रदेश कार्यालय प्रमुख श्री हिरालाल सुनारज्यू, वीरेन्द्रनगर साकोसका प्रमुख सल्लाहकार श्री विष्णु बहादुर खड्का ज्यू, सल्लाहकार श्री कृष्ण बहादुर खड्काज्यू, सल्लाहकार श्री कालीप्रसाद नेपालीज्यूको गरिमामय आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो ।

संस्थाका अध्यक्ष श्री बमबहादुर बि.सी.ज्यू ले सभाध्यक्षता ग्रहण गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्री श्याम पौडेल, उपाध्यक्ष श्री रेश्मा खत्रीज्यू, सचिव श्री रमेश कुमार सापकोटाज्यू, लगायत सञ्चालक समिति सदस्य श्री मोति प्रसाद सापकोटाज्यू श्री कमल नेपालज्यू, श्री बालकृष्ण हमाल चालिसेज्यू, श्री देविराम बोहोरा, श्री भद्र भण्डारी ज्यू, श्री राजन रजवारज्यू, सुरेश कुमार बि.सी.ज्यू, श्री शान्ति पोख्रेलज्यू श्री विद्या खत्रीज्यू एवं लेखा सुपरिवेक्षण समिति संयोजक श्री बेचुलाल चौधरी, सदस्य श्री सूर्य कुमारी बि.सी.ज्यू लगायत ऋण तथा शिक्षा उपसमितिका सदस्यज्यूहरूको समुपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो साथै कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने शिक्षाप्रेमी समाजसेवीज्यूहरुको उपस्थिति एवं उल्लेखित एकाई अन्तरगतका ४ सेवा सेवाकेन्द्र र १ मुख्य कार्यालय अन्तरगतका शेयर सदस्यज्यूहरूको सहभागीता रहेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री छत्र बहादुर थापाज्यूले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थामा कार्यरत कार्यालय व्यवस्थापक, विभागीय प्रमुख, कार्यक्रम अधिकृत, सेवा केन्द्र प्रमुख, बरिष्ठ सहायक, सहायक एवं सहजकर्ता कर्मचारीज्यूहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाले नियमित बचत, बाल बचत, स्वैच्छिक बचत, नारी बचत, दैनिक बचत, आवधिक बचत यसैगरी

ऋण विधा तर्फ व्यवसायिक, साना व्यावसायिक, घरजग्गा, हायरपर्चेज, स्वयम् सहायता समूह शीर्षकमा यसैगरी शेयर तर्फ उत्कृष्ट शेयर खरीद लगायत जेष्ठ सदस्य सम्मान विधा र संस्थालाई विशिष्ट योगदान पुर्याउनु हुने सदस्य महानुभावज्यूहरूलाई प्रमाणपत्र र संस्थागत शेयर सहित सम्मान गरेको थियो ।

२३ औँ वार्षिक साधारण सभाको कार्यसूची अन्तरगत प्रस्तावित २१ बुँदे प्रस्तावहरू प्रस्तुति तथा छलफल गर्दै सर्वसम्मत रुपमा संस्थागत एजेण्डाहरु पारित गर्दै एकाई नं. ७ नं. अन्तरगको २३ औँ साधारण सभा कार्यक्रम कार्यक्रम समापन गरिएको थियो ।