🏪साना व्यवसाय ऋण (Small Business Loan):

साना व्यवसाय ऋण (Small Business Loan) भनेको सानो पूँजीमा व्यवसाय सुरु गर्न, सञ्चालन गर्न वा विस्तार गर्न संस्थाले प्रदान गर्ने ऋण हो। यसले स्वरोजगार प्रवर्द्धन, आयआर्जन र स्थानीय अर्थतन्त्र मजबुत बनाउन सहयोग गर्छ। यो ऋण व्यवसायिक उद्देश्यका लागि दिइन्छ—जस्तै पसल खोल्ने, सेवा व्यवसाय, उत्पादनमूलक काम, कृषि–आधारित व्यवसाय आदि।

🔹 कुन–कुन व्यवसायका लागि उपयुक्त
  • 🏪 किराना, कपडा, हार्डवेयर पसल

  • 🍽️ होटल, खाजा घर, क्याफे

  • 🧵 सिलाइ–कटाइ, बुटिक

  • 🐔 पशुपालन, कुखुरा पालन, तरकारी खेती

  • 🔧 वर्कसप, मर्मत सेवा

  • 🚕 ट्याक्सी, अटो, ढुवानी सेवा

  • 💻 साना सेवा व्यवसाय (फोटो, प्रिन्ट, कम्प्युटर सेवा)

📋 आवश्यक कागजातहरू
  • 📌 नागरिकता पासपोर्ट साइज फोटो
  • 📌 व्यवसाय दर्ता प्रमाण (दर्ता भएमा)
  • 📌व्यवसाय योजना (Business Plan)
  • 📌आय/आम्दानीको अनुमान
  • 📌धितो कागजात (आवश्यक परेमा)
  • 📌जमानतकर्ता (Guarantor)
💰 ऋणका मुख्य विशेषताहरू
  • 📌 शुलभ ब्याजदरमा व्यवसायको प्रकृति हेरी ऋण लगानी गरिने ।
  • 📌 समय अवधिः अधिकतम् ५ वर्ष सम्मको किस्ता अवधि राख्न सकिने,
  • 📌 भुक्तानी: मासिक रूपमा किस्ता र व्याज भुत्तानी गर्न सकिने ।
  • 📌 धितो: चल/अचल सम्पत्ति, समूह ग्यारेन्टीको आधारमा सहजै ऋण लगानी गर्ने ।