🚗 हायर पर्चेज ऋणः
हायर पर्चेज ऋण भन्नाले सवारी साधन वा कुनै महँगो सामान (कार, बाइक, स्कुटर, ट्याक्टर, मेसिनरी आदि) “किस्तामा तिर्दै” खरिद गर्न प्रदान गरिने ऋण हो। खरिद गरिने सामान (वाहन/मेसिन) नै धितो रहने भएकाले यसलाई Asset-Based Loan पनि भनिन्छ।
हायर पर्चेज ऋणका मुख्य उद्देश्यहरू
मोटरसाइकल, स्कुटर, कार, जिप, बस, ट्याक्टर आदि किन्न,
व्यवसायिक प्रयोजनका लागि गाडी किन्न (ट्याक्सी, यात्रुबाहक, मालवाहक),
कृषि तथा निर्माण उपकरण (ट्याक्टर, एक्साभेटर, डोजर आदि) किन्न,
📋 आवश्यक कागजातहरू
नागरिकता पासपोर्ट साइज फोटो
लागत अनुमान (सवारी साधन किन्न लाग्ने रकम)
जग्गा धितो लालपुर्जा, कर तिरेको रसिद
आयस्रोत प्रमाण सिफारिस
पारिवारिक विवरण
धतो सुरक्षण बापत अन्य आवश्यक कागजपत्रहरू
💰 ऋणका मुख्य विशेषताहरू
शुलभ ब्याजदरमा साना, मध्यम र ठुला सबै व्यवसायमा ऋण लगानी गरिने ।
समय अवधिः अधिकतम् ५ वर्ष सम्मको किस्ता अवधि राख्न सकिने,
भुक्तानी: मासिक रूपमा किस्ता र व्याज भुत्तानी गर्न सकिने ।
धितो: चल/अचल सम्पत्ति, समूह ग्यारेन्टीको आधारमा सहजै ऋण लगानी गर्ने ।
उत्पादनमुखि व्यवसायमा जाेड दिइ, व्यवसायको आकार हेरी ३० लाख सम्म लगानी गर्न सकिने ।
