स्वैच्छिक बचतः
स्वैच्छिक बचत योजना (Optional Saving Plan) भनेको सदस्यले आफ्नै इच्छाअनुसार, जब–जब चाह्यो तब–तत्काल कुनै पनि रकम बचत गर्न सक्ने लचिलो बचत योजना हो। सदस्यले मासिक, साप्ताहिक वा जुनसुकै समयमा न्यूनतम सीमाभन्दा बढी जुनसुकै रकम स्वतन्त्र रूपमा बचत गर्न सकिने छ ।यसमा बचत रकम र अवधि कुनै निश्चित हुँदैन। जम्मा गर्ने रकम तपाईंले जे जति चाह्यो त्यति, कहिले बचत गर्ने भन्ने पनि तपाईंको रोजाइ, आवश्यक परेमा रकम सजिलै झिक्न सकिने साथै बजारमा प्रतिस्पर्धी ब्याजदर प्रदान गरिने ।
✅ स्वैच्छिक बचतका प्रमुख विशेषताहरू
- 📌 बचतमा पूर्ण स्वतन्त्रता जम्मा गर्ने रकमको सिमा र अवधि नताेकिएको,
- 📌 प्रतिस्पर्धी ब्याजदर,
- 📌 सजिलो निकासी सुविधा कुनै पनि बेला रकम निकाल्न सकिने,
- 📌 स्वैच्छिक बचत आधारमा ऋणयोग्यता बढ्ने,
- 📌 आर्थिक सुरक्षामा सहयोग, आकस्मिक आवश्यकता परेको बेला तुरुन्तै पैसा प्रयोग गर्न सकिने साथैभविष्यमा ठूलो रकम संकलनको आधार बन्ने,
