🏥सामाजिक तथा आकस्मिक ऋणः
सामाजिक तथा आकस्मिक ऋण भनेको अचानक आइपर्ने सामाजिक वा व्यक्तिगत आपत्कालीन आवश्यकताहरू पूरा गर्न संस्थाले प्रदान गर्ने छोटो अवधिको ऋण हो। यो ऋण सदस्यको सहायतामूलक उद्देश्यमा केन्द्रित छ। यस ऋणमार्फत बिरामी उपचार, दुर्घटना, मृत्युसंस्कार, विवाह, शिक्षा, प्राकृतिक विपत्ति जस्ता अनपेक्षित खर्च तुरुन्त व्यवस्थापन गर्न सकिन्छ।
कुन–कुन अवस्थामा प्रयोग गर्न पाइन्छः
🏥 गम्भीर बिरामी उपचार/अस्पताल खर्च
⚠️ दुर्घटना वा आकस्मिक घटना
⚰️ मृत्युसंस्कार, काजकिरिया
💍 विवाह/व्रतबन्ध जस्ता सामाजिक कार्य
📚 आकस्मिक शैक्षिक खर्च
🌪️ आगलागी, बाढी, भूकम्प जस्ता विपत्ति
आवश्यक कागजातहरू
नागरिकता पासपोर्ट साइज फोटो
ऋण आवेदन फाराम
आकस्मिक अवस्थाको प्रमाण (मेडिकल रिपोर्ट, मृत्यु दर्ता, प्रहरी रिपोर्ट आदि)
आय/आम्दानीको स्रोत
जमानतकर्ता (आवश्यक परेमा)
ऋणका मुख्य विशेषताहरू
शुलभ ब्याजदरमा अवस्थाको प्रकृति हेरी ऋण लगानी गरिने ।
समय अवधिः छाेटाे समया अवधिको लागि मात्र लगानी गरिने ।
भुक्तानी: मासिक रूपमा किस्ता र व्याज भुत्तानी वा एकमुष्ठ चुक्ता गर्न सकिने ।
प्रक्रिया छिटो (Emergency Focus)
कम धितो वा धितो बिना पनि उपलब्ध
