संस्थाको २४ओैं स्थापना दिवसको अवसरमा जहरे सेवा अन्तर्गत सडक दुर्घटना न्युनिकरण सचेतना कार्यक्रममा महत्त्वपूर्ण समय दिनु भएकोमा भेरीगंगा न.पा. वडा नं.०९ का कार्यवाहक वडा अध्यक्ष, ईश्वर पोख्रेलज्यू, सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन समिति का संयोजक लक्षुराम रानाज्यू, निवर्तमान सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति संयोजक जोगेन्द्र विश्वकर्मा ज्यु, बजार व्यवस्थापन समिति अध्यक्ष बल बहादुर वली ज्यु, नेपाल राष्ट्रिय मा. वि.का सह-प्रधानाध्यापक टेक बहादुर तिरुवा ज्यु, अस्थायी प्रहरी चौकी प्रमुख असइ खगेन्द्र सुनारज्यू, अस्थायी ट्राफिक कार्यालय प्रमुख तिलक लामिछाने ज्यु, सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति सदस्य ज्यूहरु लगाएत संस्थाका उपस्थितमा सडक दुर्घटना न्युनिकरण सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।


वीरेन्द्रनगर बचत तथा ऋण सहकारी सस्था लि को २४ औं स्थापना दिवसका अवसरमा संस्थाका शेयर सदस्यज्यूहरु तथा सुरक्षा निकाय, जनप्रतिनिधि ज्यूहरुको सहभागीतामा चिङ्गाड गाउँपालिका स्थित ठाटि बजार सरसफाइ तथा स्थानीय मन्दिर सरसफाइ शुभकामना आदान प्रदान गरि मनाईएको छ । कार्यक्रममा मालिका सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक एवं सदस्यज्यूहरु साथै सेवाकेन्द्रका कर्मचारीहरुको सहभागीता रहेको थियो ।


वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं स्थापना दिवसका अवसरमा सेवा केन्द्र गुटुद्वारा चौकुने गाउँपालिकाको वार्ड नं . ७ श्री धामिडाँडा सामुदायिक वन उपभोक्ता समुह स्थित नवनिर्मित सहिद स्मृति पार्कमा वीरेन्द्रनगर साकोस गुटु सेवाकेन्द्रबाट वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति, संस्थाका शेयर सदस्य, स्थानीय समाजसेवी, वुद्धिजीवी लगायत पर्यावरण संरक्षणका लागि पहलकदमी लिनुहुने स्थानीय, सुरक्षाकर्मी एवं सरकारी निकायका कर्मचारीज्यूहरुको समेत सहभागीता रहेको थियो ।


