🎓 शैक्षिक ऋणः

शैक्षिक ऋण भन्नाले संस्थाका सदस्यका छाेराछाेरीले देशभित्र वा विदेशमा पढ्नका लागि आवश्यक खर्च (ट्युसन फी, कोर्स फी, भिसा प्रोसेस, निवास खर्च, पुस्तक, स्टेशनरी आदि) किस्तामा तिर्ने गरी संस्थाले प्रदान गर्ने ऋण हो।यो ऋण प्राप्त गर्नका लागि सदस्यको छाेराछाेरीको अनिवार्य बाल बचत खाता संस्थामा रहेको हुन पर्ने हुन्छ । यो संस्थाले सदस्यका छोराछोरी उच्च शिक्षा, करियर र भविष्य लगानीका लागि दिने दीर्घकालीन ऋण सेवा हो।

शैक्षिक ऋणका मुख्य उद्देश्यहरू
  • विद्यालय, कलेज, विश्वविद्यालयमा पढ्न

  • विदेश अध्ययन (Bachelor, Master, Diploma, Language)

  • प्रविधिक तथा व्यावसायिक तालिम

  • शैक्षिक सामग्री खरिद (ल्यापटप, पुस्तक, प्रयोगशाला उपकरण)

  • आवास/होस्टल खर्च

  • परीक्षा तथा भिसा प्रोसेस फी

📋 आवश्यक कागजातहरू
  • नागरिकता पासपोर्ट साइज फोटो
  • लागत अनुमान (सवारी साधन किन्न लाग्ने रकम)
  • जग्गा धितो लालपुर्जा, कर तिरेको रसिद
  • आयस्रोत प्रमाण सिफारिस
  • पारिवारिक विवरण
  • धतो सुरक्षण बापत अन्य आवश्यक कागजपत्रहरू
💰 ऋणका मुख्य विशेषताहरू
  • शुलभ ब्याजदरमा अध्ययन गर्ने विषयको आधारमा रू.५ लाख सम्म ऋण लगानी गरिने ।
  • समय अवधिः अधिकतम् ३ वर्ष सम्मको किस्ता अवधि राख्न सकिने,
  • भुक्तानी: मासिक रूपमा किस्ता र व्याज भुत्तानी गर्न सकिने ।
  • धितो: चल/अचल सम्पत्ति, समूह ग्यारेन्टीको आधारमा सहजै ऋण लगानी गर्ने ।
  •  सदस्यका छोराछोरीले देश तथा विदेशमा उच्च शिक्षाका लागि लगानी गरिने ।