🧑‍🎓युवा स्वरोजगार ऋणः

युवा स्वरोजगार ऋण भनेको युवालाई आफ्नै देशमै स्वरोजगार बन्न, व्यवसाय सुरु गर्न वा विस्तार गर्न सहुलियतपूर्ण रूपमा प्रदान गरिने ऋण हो। यो ऋणले बेरोजगारी घटाउने, उद्यमशीलता विकास गर्ने र आत्मनिर्भरता बढाउने उद्देश्य राख्छ। यस ऋणमार्फत युवा व्यक्तिले नयाँ व्यवसाय सुरु, पहिलेको व्यवसाय विस्तार, वा उत्पादन/सेवा क्षेत्रमा लगानी गर्न सक्छन्। सामान्यतया कम ब्याजदर, सरल प्रक्रिया र  धितो बिना पनि ऋण लगानी गरिन्छ । यो ऋण संस्थाले नेपाल सरकारको युवा स्वरोजगार काेष सँगको साझेदारीमा सदस्यहरूलाइ प्रदान गर्ने गर्दछ ।

🔹 ऋणको योग्यताः
  • 👥 उमेर: सामान्यतया १८ देखि ४५ वर्षका सदस्यहरू

  • 🇳🇵 नेपाली नागरिक

  • 🧑‍🎓 सीप, तालिम वा व्यवसाय गर्ने इच्छा भएको

  • 🚫 स्थायी सरकारी/ठूलो जागिरमा नभएको

  • 📄 व्यवसाय योजना पेश गर्न सक्ने

🔹 कुन–कुन क्षेत्रमा प्रयोग गर्न पाइन्छ?
  • 🌾 कृषि तथा पशुपालन

  • 🏪 साना व्यवसाय (पसल, होटल, सेवा)

  • 🧵 घरेलु तथा कुटिर उद्योग

  • 💻 सूचना प्रविधि, डिजिटल सेवा

  • 🔧 मर्मत, प्राविधिक सेवा

  • 🚕 यातायात, ढुवानी

  • 🏭 उत्पादनमूलक उद्योग

📋 आवश्यक कागजातहरू
  • 📌 नागरिकता पासपोर्ट साइज फोटो
  • 📌 व्यवसाय भए दर्ता प्रमाण (दर्ता भएमा)
  • 📌व्यवसाय/उद्यम योजना (Business Plan)
  • 📌 उमेर खुल्ने कागजात
  • 📌तालिम/सीप प्रमाण (भएमा)
💰 ऋणका मुख्य विशेषताहरू
  • 📌 न्यून ब्याजदरमा व्यवसायको प्रकृति हेरी ऋण लगानी गरिने ।
  • 📌 समय अवधिः अधिकतम् ५ वर्ष सम्मको किस्ता अवधि राख्न सकिने,
  • 📌 भुक्तानी: मासिक रूपमा किस्ता र व्याज भुत्तानी गर्न सकिने ।
  • 📌 स्वरोजगार बन्ने अबसर प्राप्त, जसले व्यवसायिक सीप विकासमा गद्दत गर्ने ।
  • 📌 नियमित किस्ता र व्याज भुत्तानी गरेमा ६० प्रतिशत व्याज रकम फिर्ता गरिने ।