यस वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको जहरे सेवा केन्द्र अन्तगरतका शेयर सदस्यता नं. (MR-०८-१२४०३) का श्री बल बहादुर डाङ्गी ज्यु को मिति २०८२/०७/१३ गते अल्पआयुमै भएको असामयिक निधनले हामीलाई स्तब्ध एवं मर्माहित बनाएको छ । यस अकल्पनीय दुःखत घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना तथा भावपूर्ण श्रद्धाञ्जली अर्पण गुर्नका साथै शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौ“। साथै संस्थाबाट प्रदान गरिने मृत्यु राहत कार्यक्रम संस्थाको जहरे सेवाकेन्द्र संचालन तथा व्यवस्थापन उपसमिति सदस्य श्री बालाराम शर्मा ज्यु, रामचन्द्र आचार्य ज्यु,र संस्थाका कर्मचारीहरूले परिवारका सदस्यलाइ राहत वितरण गर्नु भएकोछ।


यस संस्थाको मेहेलकुना सेवा केन्द्र अन्तरगतका शेयर सदस्य स्वर्गीय हस्त बहादुर खत्रीको मिति २०८०।१०।१२ गते भएको असामयिक निधनको दुःखद घडिमा संस्था उहाँको शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनि कामना गर्दछ।
यसै सन्दर्भमा मेहेलकुना सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति संयोजक उदयराज गिरीज्यू, सदस्य गौरी सुनार ज्यू, तथा जहरे सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति संयोजक श्री जोगेन्द्र विश्वकर्मा एवं मेहलकुना सेवा केन्द्र प्रमुख श्री रुपक पौडेल, जहरे सेवा केन्द्र प्रमुख श्री निराजन केसी ज्यू यसै गरी छिन्चु सेवा केन्द्र प्रमुख श्री निर्मला शाहीज्यू तथा कर्मचारीहरुको उपस्थितिमा संस्थाको तर्फबाट स्वर्गीय सदस्यकी धर्मपत्नी श्री लक्ष्मी खत्री ज्यूलाई मृत्यु राहत वापतको सहयोग रकम हस्तान्तरण गरियो । मिति २०८०।११।२३


