नियमित मासिक बचतः

                                    नियमित मासिक बचत भन्नाले सदस्यले हरेक महिना निश्चित रकम आफ्नो नाममा खातामा जम्मा गर्ने बचत प्रकार हो। सदस्यले आफ्नो क्षमता र नियम अनुसार महिनैपिच्छे निश्चित रकम (जस्तै रु. २००, ५००, १०००, २००० आदि) निरन्तर बचत गर्ने योजना हो। यसले: दीर्घकालीन पूँजी निर्माण, ऋण लिने क्षमता वृद्धि,आर्थिक अनुशासन,भविष्यमा ठूलो रकम संकलनमा सहयोग गर्छ। मासिक बचत बढे अनुसार सदस्यको ऋण सीमा पनि बढ्नेछ । यस बचत योजनामा सदस्य बनेदखी ६० बर्ष उमेर पुग्ने समय सम्म सदस्यले बचत अनिवार्य मासिक रूपमा जम्मा गर्नु पर्छ ।

✅ नियमित मासिक बचतका फाइदाहरू

  1. 📌शिस्टमबद्ध रूपमा बचत गर्ने बानीको विकास,

  2. 📌भविष्यमा ठूलो रकम संकलन हुने, 

  3. 📌ऋण लिने क्षमता बढ्ने,

  4. 📌उच्च ब्याजदरमा बचत गर्न सकिने,

  5. 📌आर्थिक अनुशासन कायम गर्न मद्दत गर्ने,
  6. 📌बीचमा रकम निकाल्नमा राेक जसले गर्दा एकमुष्ठ बुढेसकालकाे साहाराकाे रूपमा काम गर्ने ।