नारी बचत योजनाः

                              नारी बचत योजना भनेको महिला सदस्यहरूलाई लक्षित गरी तयार गरिएको विशेष बचत कार्यक्रम हो।  संस्थाले महिला सदस्यहरूको आर्थिक सशक्तिकरण, नियमित बचत गर्ने बानीको विकास तथा आत्मनिर्भरता बढाउने उद्देश्यले यो योजनाको सुरूवात गरेकाे हाे। महिलाहरूका लागि कम न्यूनतम बचत, उच्च ब्याजदर, तथा सहज सेवा उपलब्ध हुने बचत योजना हो। दैनिक/साप्ताहिक/मासिक रूपमा बचत गर्न सकिन्छ।

✅नारी बचत योजनाका फाइदाहरू
  • 📌महिला सदस्यहरूलाइ आर्थिक रूपले सक्षम बनाउने

  • 📌नियमित बचत गर्ने बानीको विकास गर्ने ।

  • 📌महिला स्वराेजगारमा बृद्धि गरी व्यवसाय सुरु गर्न/बढाउनमा मद्दत गर्ने ।

  • 📌भविष्यको जोखिम प्रबन्ध गर्ने ।

  • 📌महिलाको समूहिक बचत तथा ऋण प्रवाहमा सहज बनाउने ।