दैनिक बचत योजनाः

                                      दैनिक बचत योजना (Daily Saving Scheme) भनेको संस्थाका सदस्यले दैनिक रूपमा आफूले सक्दो रकम बचत गर्न सक्ने अत्यन्त लचिलो, सहज र उचित बचत योजना हो। यस बचत याेजनाकाे संस्थाका विशेषतः व्यापार गर्ने, दैनिक आम्दानी हुने, साना उद्यमी र बजार व्यवसायी सदस्यहरूका लागि उपयुत्त हुन्छ । सदस्यले हरेक दिन निश्चित वा अनिश्चित रकम जम्मा गरिरहन  मिल्छ, संग्रहकर्ता/कलेक्सन स्टाफले दैनिक रूपमा घर/व्यापार ठेगानाबाट रकम संकलन गरेर संस्थामा सहजै जम्मा गर्न सकिन्छ।

✅ दैनिक बचत योजनाका प्रमुख विशेषताहरू

  • 📌सदस्यले हरेक दिन निश्चित वा अनिश्चित रकम जम्मा गर्न सकिने ।
  • 📌प्रतिशप्रर्धी तथा उच्च व्याजदर प्रदान गरिने ।
  • 📌कलेक्सन सुविधा कर्मचारीले दैनिक घर–घर वा पसल–पसलमा गई बचत उठाउने। कलेक्सन कार्ड/मोबाइल एपमार्फत अभिलेख राखिने।
  • 📌सजिलै निकासी सुविधी रहेकाे लचिलो र अनुशासित बचत
  • 📌संस्थाले  दैनिक बचतका आधारमा ऋण सुविधा उपलब्ध गराउने ।