🏠 घर–जग्गा ऋणः
घर किन्न, बनाउन, पुनर्निर्माण गर्न, जग्गा किन्न, वा आवासीय निर्माण विस्तार गर्न संस्थाले प्रदान गर्ने ऋण लाइ घर–जग्गा ऋण भनिन्छ। यो दीर्घकालीन, ठूलो रकममा प्रदान गरिने सुरक्षित (secured) कर्जा हो जसको धितो प्रायः साेही जग्गा/घर नै हुन्छ।
🟦 घर–जग्गा ऋणका प्रमुख उद्देश्यहरू
घर निर्माण गर्न
जग्गा किन्न
पुरानो घर मर्मत वा पुनर्निर्माण
घर विस्तार (additional floor, rooms)
आवासीय परियोजना (घरेलु आवास) आदि ।
🟢 घर–जग्गा ऋणका प्रमुख प्रकार
नयाँ घर निर्माण ऋण (Home Construction Loan)
जग्गा खरिद ऋण (Land Purchase Loan)
घर कर्जा (बनिसकेको घर किन्न) (Housing Loan)
घर सुधार ऋण (Renovation Loan)
💰 ऋणका मुख्य विशेषताहरू
शुलभ ब्याजदरमा कुल लगानी योजनाको ६० प्रतिशत वा रू.१० लाख जुन कम हुन्छ साे रकम ऋण लगानी गरिने ।
समय अवधिः अधिकतम् ५ वर्ष सम्मको किस्ता अवधि राख्न सकिने,
भुक्तानी: मासिक रूपमा किस्ता र व्याज भुत्तानी गर्न सकिने ।
धितो: चल/अचल सम्पत्ति, समूह ग्यारेन्टीको आधारमा सहजै ऋण लगानी गर्ने ।
📋 आवश्यक कागजातहरू
नागरिकता पासपोर्ट साइज फोटो
नक्सा पास (घर निर्माणमा)
लागत अनुमान (घर बनाउने योजना)
जग्गा धितो लालपुर्जा
कर तिरेको रसिद
आयस्रोत प्रमाण सिफारिस
पारिवारिक विवरण
धतो सुरक्षण बापत अन्य आवश्यक कागजपत्रहरू
