कृषि तथा पशुपालन ऋणः
कृषि उत्पादन तथा पशुपालन व्यवसाय सञ्चालन, विस्तार वा आधुनिकीकरण गर्न संस्थाले प्रदान गर्ने कर्जा हो।यसको उद्देश्य किसान तथा उद्यमीले बीउ, मल, औषधि, कृषि उपकरण, गोठ/फार्म, पशु खरिद, चरा फार्म स्थापना आदि गर्न सहयोग गर्नु हो। कृर्षि तथा पशुपालन ऋणको सदुपयोग गर्न सकिने उद्यम तथा व्यवसायहरूः
कृषि उत्पादन (धान, गहुँ, मकै, तरकारी खेती, फलफूल, मसला, फूल खेती, ग्रीन हाउस/पोलीहाउस खेत, कृषि औजार खरिद (ट्र्याक्टर, पावर टिलर आदि),
पशुपालन (गाई–भैंसी पालन (दूध उत्पादन), बाख्रा, भेडा, सुंगुर फार्म, कुखुरा, हाँस, हाँस–कुखुरा मिक्स फार्म, माछापालन, मौरीपालन, फिड, औषधि, गोठ निर्माण खर्च
कृषि उद्यम तथा व्यवसायिक कृषि (व्यावसायिक स्तरीय कृषि परियोजना, एग्रो उद्योग (दूध प्रशोधन, चिउरा/पकौडा फ्याक्ट्री, दाना उद्योग), कोल्ड स्टोर/वेयर हाउस निर्माण)
मुख्य उद्देश्यहरू
कृषि उत्पादन बढाउने
पशुपालन व्यवसायलाई दिगो बनाउनेकिसानलाई आधुनिक प्रविधिमैत्री बनाउनेआय–आर्जन तथा ग्रामीण रोजगारी बढाउने
कागजातहरू
नागरिकता र फोटो
ऋण निवेदन फारम
व्यवसाय/खेती–पशुपालन योजना
जग्गा धितो कागजात (यदि आवश्यक परेमा)
आयस्रोत प्रमाणित
किसान परिचयपत्र (भएमा)
समूह सिफारिस पत्र (समूहमा भएमा)
ऋणका मुख्य विशेषताहरू
न्यून ब्याजदरमा व्यवसायको योजना हेरी १० लाख सम्म ऋण लगानी गरिने ।
ग्रेस सिमा: तिन महिना सम्म ग्रेस अवधि प्रदान गरिने ।
समय अवधिः संस्थामा १–३ वर्ष सम्मको किस्ता अवधि राख्न सकिने,
भुक्तानी: मासिक रूपमा किस्ता र व्याज भुत्तानी गर्न सकिने ।
धितो: चल/अचल सम्पत्ति, समूह ग्यारेन्टीको आधारमा सहजै ऋण लगानी गर्ने ।
