वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर ६, सुर्खेतले संस्थामा कार्यरत कर्मचारीहरुको सहभागितामा कर्मचारी सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाका ८० जना कर्मचारीहरुको सकृय सहभागितामा वीरेन्द्रनगर साकोस तेस्रो कर्मचारी सम्मेलन-२०८२ (BIRENDRANAGAR SACCOS 3rd STAFF SUMMIT-2025) सम्पन्न भएको हो । हाल संस्थामा ८१ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

कार्यक्रमको अध्यक्षता संस्थाका प्रमुख कर्यकारी अधिकृत श्री छत्र बहादुर थापा ज्यूले गर्नु भएको थियो भने संस्थाका अध्यक्ष श्री बम बहादुर बि.सी. ज्यू को प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका संचालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारी लगायत सदस्य ज्यूहरूको अतिथ्यता रहको थियो ।

कार्यक्रमका प्रमुख अतिथी एवंम संस्थाका अध्यक्ष बमबहादुर बि.सी. ले संस्थाले विगतमा सम्पन्न गरेका कामहरूबाट के सफलता प्राप्त भयो र काम गर्ने क्रममा के कस्ता चुनौतिहरूको सामना के कसरी गरियो भन्ने बिषयमा बृहत छलफल तथा सिकाइ आदान प्रदानको रूपमा यस कार्यक्रमले सार्थकता पाउनेछ भन्ने अशा प्रकट गर्दै, संस्थाको वर्तमान साखलाई कायम राख्न अझ बलियो, भरपर्दो र विश्वासिलो संस्था निर्माणमा दत्तचित्त भएर लाग्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । कर्मचारी सम्मेलनले कर्मचारीहरुको ज्ञान, सिप र क्षमतामा अभिवृद्धि भएको र काम गर्ने जोस जाँगर तथा उत्साहमा वृद्धि भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री छत्र बहादुर थापाले जनाउनु भयो । मंसिर ५ र ६ गते गरि दुई दिन चलेको कर्मचारी सम्मेलनमा सहकारी प्रशिक्षक श्री कुबेर निरौला ज्यूले सहजिकरण गर्नु भएको थियो ।

दुइ दिवशीय कार्यक्रममको संञ्चालन संस्थाका कार्यालय ब्यबस्थापक प्रकाश शर्मा ज्यूले गर्नुभएको थियो भने कार्यक्रको सम्पुर्ण व्यवस्थापन संस्थाका कार्यालय ब्यवस्थापक योगेन्द्र भण्डारी ज्यूले गर्नु भएको थियो ।उत्त कार्यक्रममा संस्थाका १३ वटै सेवाकेन्द्रका सम्पुर्ण कर्मचारीहरूको उत्साहजनक र सकृय सहभागिता रहेको थियो ।

वीरेन्द्रनगर साकोसको सुर्खेत जिल्लाभर कार्यक्षेत्र रहेको छ भने करिब २३ हजार ६ सय ८९ जना शेयर सदस्य रहेका छन् । करिब १ अर्व ४९ करोडको कुल पूँजी तथा दायित्व र सम्पत्ती रहेको वीरेन्द्रनगर सहकारीले विगत २५ बर्षदेखि निरन्तर रुपमा सुर्खेत जिल्लाभर वित्तीय एवं गैरवित्तीय सेवा प्रदान गरिरहेको छ ।

संस्थाप्रति थप जिम्मेवार तथा मर्यादित रुपमा व्यवसायिक सेवा प्रवाह गर्ने विषयमा केन्द्रित रहि सुर्खेतको वीरेन्द्रनगरमा आयोजित वीरेन्द्रनगर साकोस कर्मचारी सम्मेलन २०८१ (BIRENDRANAGAR SACCOS STAFF SUMMIT 2024) १० बुँदे प्रतिवद्धता पारित गर्दै, संस्थामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सहभागितामा असोज ३० र कार्तिक १ गते एक औपचारिक कार्यक्रमका बीच सञ्चालक समितिको समुपस्थतिमा समापन गरिएको छ । कार्यक्रममा सुर्खेतको पुर्वी क्षेत्र तर्फका राकम सेवाकेन्द्र, मेहेलकुना सेवाकेन्द्र, जहरे सेवाकेन्द्र, छिन्चु सेवा केन्द्र उपत्यका तर्फका मुख्य कार्यालय, पीपीरा सेवाकेन्द्र, ओयसिस सेवाकेन्द्र, पञ्चज्योती आफन्त जनमैत्री सेवाकेन्द्र, बांगेसिमल सेवाकेन्द्र, पश्चिम क्षेत्रतर्फको बडिचौर सेवाकेन्द्र, अभ्यूदय सेवाकेन्द्र, गुटु सेवाकेन्द्र र उत्तरतर्फ रहेको मालिका सेवाकेन्द्रका कर्मचारीहरुको सहभागिता रहेको थियो ।