आवधिक बचत योजनाः
आवधिक बचत योजना भनेको निश्चित अवधि ( मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक) अनुसार निश्चित रकम नियमित रूपमा बचत गर्ने बचत कार्यक्रम हो। सदस्यहरूले 6 महिना, 1 वर्ष, 2 वर्ष, 5 वर्ष आदि। बचतकर्ताले आफ्नो आवश्यकता अनुसार अवधि छान्न सकिनेछ । आवधिक बचत योजना भएकाे हुनाले उन्य बचतका प्रकार भन्दा यस बचतकाे प्रकारमा उच्च व्याजदर संस्थाले प्रदान गर्नेछ । सदस्यले कबुल करेकाे समय अवधी समाप्त भएपछि मात्र एकमुष्ठ रूपमा बचत भुक्तानी गरिनेछ ।
✅आवधिक बचत योजनाका फाइदाहरू
📌नियमनित बचत गर्ने बानीको विकास हुन्छ।
📌भविष्यमा ठूलो रकम जम्मा गर्नमा मद्दत गर्छ।
📌बजारमा प्रतिस्पर्धी उच्चदरमा ब्याजदर प्राप्त गर्न सकिने।
📌सहजै ऋण सुविधा प्राप्त गर्न सजिलो (कहिलेकाहीँ बचतको ९०% सम्म)।
📌परिवारिक तथा दीर्घकालीन योजनाका लागि उपयुक्त (शिक्षा, घर निर्माण, बीमा आदि)।
