Location Icon Birendranagar-06, Surkhet Phone Icon 083 - 523317 | 083-523317

एटिएम सेवा

वीरेन्द्रनगर डेबिट कार्ड

सदस्यले खातामा भएजतिको रकम निकाल्न सकिने यस बीरेन्द्रनगर डेबिट कार्ड Chip Base प्रविधिमा आधुनिक भिजा डेबिट कार्ड हो । संस्थाले सहकारीका सदस्यलाई समेत आधुनिक बैंकिङ प्रणालीसँग अझै नजिक लैजाने उदेश्य अनुरुप वीरेन्द्रनगर साकोसले सनराइज बैंकसँग एटिएम सञ्जाल मार्फत कारोबार हुनेगरी आवश्यक सहकार्य गरेको छ । देश भरिका एटिएम सञ्जालबाट तथा भारत र भुटानका समेत एटिएमबाट वीरेन्द्रनगर साकोसका सदस्यले आफ्नो खातामा रहेको रकम निकाल्ने सुविधा उपलब्ध गराउनु यस वीरेन्द्रनगर डिबट कार्ड परियोजनाको उदेश्य रहेको छ ।

भिजा एटिएमका विशेषताहरुः

१. भिजा एटिएम सञ्जालसँग आवद्ध

२. नेपाल भरका १२०० बढी एटिएम बुथहरुबाट रकम निकाल्न सकिने ।

३. कार्डको अवधि ५ वर्षसम्म हुने ।

४. सनराइजको बैकको नेटवर्कमा कुनै रकम नलाग्ने ।

५. कार्ड स्वाइप गरी भुक्तानी गर्न सकिने ।

भिजा एटिएम लिनका लागि योग्यताः

वीरेन्द्रनगर साकोसमा स्वेच्छिक खाता भएका सदस्यले वीरेन्द्रनगर डेबिट कार्ड एप्लिकेसन फाराम भरी सस्थाबाट एटिएम लिन सक्नु हुनेछ ।

सेवा शुल्कः

१. नयाँ कार्ड शुल्कः ३००।–

२. पुनः कार्ड जारी शुल्कः       ३००।–

३. नयाँ पीन अनुरोध शुल्कः     १००।–

पीन परिवर्तनका लागि प्रयोग गर्न सकिने भिजा नेटवर्कमा

आवद्ध बैंकहरुको सूचीः