२१ श्रावण २०७९
मुख्य कार्यालय, वीरेन्द्रनगर साकोस
सुर्खेत
वीरेन्द्रनगर साकोसले यहि श्रावण २१ गते शनिबारका दिन साकोसका सञ्चालक समिति, उपसमिति तथा कर्मचारी व्यवस्थापन समूह सहितको १ दिने प्रतिवेदन लेखन तथा अभिलेख व्यवस्थापन गोष्ठी सम्पन्न गरेको छ । पानसमा दीप प्रज्वलन गरी सुभारम्भ गरीएको सो कार्यक्रमको सहजिकरण प्रमुख कार्यकारी अधिकृत छत्र बहादुर थापाले गर्नुभएको थियो ।


संस्थाका अध्यक्ष बमबहादुर बिसीज्यूले प्रतिवेदन लेखन तथा सो को व्यवस्थापन सम्बन्धी प्रस्तुतिकरण राख्नु भएको थियो भने प्रमुख कार्यकारी अधिकृतज्यूबाट साकोसमा हाल संस्थामा भैरहेका अभ्यास र प्रयोगहरुको प्रस्तुतिकरण भएको थियो ।


सञ्चालक समिति सदस्य बेचुलाल चौधरी, व्यवस्थापन प्रमुख यामलाल खत्री तथा सेवाकेन्द्र प्रमुख रेखा कोइरालाले आफ्ना भनाइहरु राख्नुभएको सो कार्यक्रमको समापन अध्यक्षज्यूले गर्नुभएको थियो ।