कर्णाली प्रदेशकाे प्रादेशिक राजधानी सुर्खेत जिल्ला करिब २४५१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएकाे छ । बाह्रबण्डाल १८ खण्डालको नामले परिचित यस क्षेत्रको पूरानो नाम दोभानचौर हो । यसको कूल क्षेत्रफल मध्ये ३४ वर्ग किलोमिटर शहरी क्षेत्र र २४१७ वर्ग किलोमिटर ग्रामीण क्षेत्रको रूपमा रहेको छ । जसमा ५२,२०० हेक्टर खेतीयोग्य जमीन र ३७,४४४ हेक्टर वन जंगलले ढाकेको क्षेत्र रहेको छ । १४,४०१ हेक्टर चरनक्षेत्र रहेको यस जिल्लामा १७४२.५ हेक्टर सिञ्चित जमीन रहेको छ । समुन्द्री सतहबाट १९८ देखि २३६७ मिटर उचाईसम्म यसको भू–भाग फैलिएको छ । यो जिल्ला पश्चिममा डोटी, उत्तरमा अछाम, दैलेख जाजरकोट, पूर्वमा सल्यान र दक्षीणमा बर्दिया र कैलाली जिल्लाले वेस्ठित छ । कर्णाली प्रदेशको भित्री मधेशक्षेत्र र प्रादेशिक राजधानी समेत यसै जिल्लामा रहेको छ । यस जिल्लामा ५ नगरपालिका र ४ गाँउपालिका रहेका छन् । विभिन्न ताल तलैया, गुफा, मठ मन्दिर, गुम्बा र मस्जिद रहेको यो जिल्ला हिमाली, पहाडी, र मधेशमा बसोवास गर्ने विभिन्न जातजातिका मानिसहरूको संगमस्थल हो ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार यस जिल्लाको घरधुरी संख्या ७,२८४ र जनसंख्या ४,१७,७७६ रहेको छ । विभिन्न सम्भावनाहरू बोकेको यस जिल्लाको सदरमुकाम वीरेन्द्रनगरमा बस्नु हुने सामाजिक चेत राख्ने महानुभावहरूले आफू मध्येबाट २७ जनाको समूह बनाएर वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गठन र मिति २०५८ साल असार २२ गते विधिवत रूपमा डिभिजन सहकारी कार्यालयमा दर्ता भएको होे । स्थापनाको पहिलो चरणमा यसक्षेत्रमा वसोवास गर्ने मानिसहरूले आर्जन गरेको रकमबाट केही अंश बचाएर बचत गर्ने बानी बसाल्ने, बचतबाट जम्मा भएको रकमबाट स–साना व्यवसाय सञ्चालन गरी उनीहरूमा स्वरोजगारी सिर्जना गर्ने, स्वावलम्बन र पारस्परिक सहयोग आदान प्रदानको संस्कार विकास गर्ने, आर्थिक समृद्धि, सामाजिक रूपान्तरण र सांस्कृतिक उन्नयन जस्ता क्षेत्रमा टेवा पुर्याउने उद्देश्य राखिएका थिए । हाल सुर्खेत जिल्लाका सबै पालिकाहरू कार्यक्षेत्र रहेका छन् ।
वीरेन्द्रनगर साकोसले विगतमा विभिन्न आरोह अवरोहहरूसँग मुकावला गर्यो । स्थापनाका सुरू वर्षहरूमा २७ जना सदस्य, १ जना कर्मचारीले एउटा कोठाबाट १० बर्षसम्म कार्यालय सञ्चालन गरेर अत्यन्त संघर्षपूर्ण तर गौरवपूर्ण दिनहरू यसले व्यतित गरेको छ । संस्थाको जीवनमा कैयौं उतारचढावहरू आए । कठिनभन्दा कठिन समस्याहरू आए । यसमा विगतमा संस्थाको नेतृत्व गर्नु हुने महानुभावहरूको योगदान अतुलनीय र अमूल्य रहेको छ । वीरेन्द्रनगरमा वसोवास गर्ने बुद्धिजीवि, व्यापारी, कर्मचारी, किसान र सर्वसाधारणहरूसंग समन्वय गरी सहकारी विकासका लागि प्रयासहरू गरिएको थियो । व्यावसायिक क्षमता विस्तार र सदस्यहरूलाई सेवा प्रदान गर्न सुर्खेत जिल्लामा सहकारी संस्था मार्फत एम्बुलेन्स सेवा सञ्चालन गर्ने पहिलो संस्था हो ।
पछिल्ला वर्षहरूमा यस संस्थाले सुर्खेत जिल्लाका सबै क्षेत्रमा रहेका विभिन्न विषयका ६६ वटा सहकारी संस्थाहरूसंग “सहकारीहरूबीच सहकार्य” अभियान सञ्चालन गरेर उनीहरूसंगको उन्नत सम्बन्ध विकास भएको छ, सहकारी सञ्जालको निर्माण, सम्पर्क विस्तार र समन्वय कायम भएको छ । यसरी स्थापित सम्बन्धको उन्नत रूप डिभिजन सहकारी कार्यालय सुर्खेतमा मिति २०६५//२९मा दर्ता भएको द. नं. ३०/२०६५/०६६ को श्री खगेन्द्र शाही र बीनीबहादुर शाहीले नेतृत्व गर्नु भएको श्री पञ्चज्योती साकोस वीरेन्द्रनगर–४, सुर्खेत, मिति २०६५//२९ मा दर्ता भएको द.नं. ५/२०६५/०६६ को श्री बालकृष्ण हमाल चालिसेको नेतृत्वमा रहेको श्री आफन्त ग्रामीण कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड र मिति २०६६/४/२८ दर्ता भएको द.नं.६/०६६/०६७ को श्री टेकबहादुर खड्काको नेतृत्वमा रहेको श्री जनमैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीनपा ३ सुर्खेतसंग एकीकरण भई मिति २०७६ असोज २३ गते सहकारी विभागबाट एकीकरणको स्वीकृति पाएर वीरेन्द्रनगर साकोसको नामबाट सञ्चालन हुदै गर्दा संस्थाको निरन्तरको सम्पर्क र समन्वयको प्रयासपछि डिभिजन सहकारी कार्यालय सुर्खेतमा मिति २०६/२/१ मा दर्ता भएको द.नं.५/०६७/०६८ को सुर्खेत क्याम्पस शिक्षाका प्राध्यापकहरूको संयोजनमा सञ्चालित श्री बेचुलाल चौधरीको नेतृत्वमा रहेको श्री नवबौद्धिक एकता साकोस वीरेन्द्रनगर–८, सुर्खेत र मिति २०६४/१०/३ मा दर्ता भएको द.नं. २९/०६४/०६५ को श्री डोरप्रसाद शर्माको नेतृत्वमा रहेको श्री मालिका साकोस चिङ्गाड ३ मटेला सुर्खेतबीच थप एकीकरण भई वीरेन्द्रनगर साकोसको नाममा सञ्चालन भइरेहेको छ ।
हाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि, राष्ट्रिय सहकारी बैङ्क लिमिटेड, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड, जिल्ला सहकारी संघ लि र कर्णाली प्रदेश बचत तथा ऋण सहकारी संघ लिमा आवद्ध रहेको यो संस्थाले १२ वटा सेवा केन्द्रबाट 76 जना कर्मचारीहरू मार्फत झण्डै २४,३०० सदस्यहरूलाई सेवा प्रवाह गरिरहेको छ । यस संस्थाले कर्णाली प्रदेशको उत्कृष्ट साकोस र सर्वश्रेष्ठ शेयरकर्ताको पुरस्कार प्राप्त गरिसकेको छ । नेफ्स्कुन फिल्ड कार्यालय सञ्चालन उप–समितिको सञ्चालक सदस्य संस्थाको रूपमा रहेको छ । संस्थालाई सवल, स्वस्थ र दीगो बनाउनका लागि नेफ्स्कूनद्धारा सञ्चालित प्रोबेशन कार्यक्रममा संलग्न भएका छौं । संस्थाले विभिन्न वित्तीय संस्थाहरूसंग सम्बन्ध विस्तार गरी वित्तीय सेवा लिने दिने गर्दै आएको छ ।
स्थापनाको पहिलो चरणमा यसक्षेत्रमा वसोवास गर्ने मानिसहरूले आर्जन गरेको रकमबाट केही अंश बचाएर बचत गर्ने बानी बसाल्ने, बचतबाट जम्मा भएको रकमबाट स–साना व्यवसाय सञ्चालन गरी उनीहरूमा स्वरोजगारी सिर्जना गर्ने, स्वावलम्बन र पारस्परिक सहयोग आदान प्रदानको संस्कार विकास गर्ने, आर्थिक समृद्धि, सामाजिक रूपान्तरण र सांस्कृतिक उन्नयन जस्ता क्षेत्रमा टेवा पुर्याउने उद्देश्य राखिएका थिए ।