मुख्य कार्यालय , वीरेन्द्रनगर साकोस, सुर्खेत, २९ असार २०७९ ।
भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालयको नियामक क्षेत्राधिकार भित्र पर्ने वीरेन्द्रनगर नगरपालिका वडा नं ८ मा अवस्थित नवबौद्विक बचत तथा ऋण सहकारी संस्था लि. र चिङ्गाड गाउँपालिकाको वडा नं ४ मा अवस्थित मालिका बचत तथा ऋण सहकारी संस्था लि. र यस वीरेन्द्रनगर बचत तथा ऋण संस्थाबीच सुरुभएको एकीकरणको विभिन्न प्रक्रियाका पश्चात सहकारी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्रदान भई आएकाले २०७९/०३/२३ मा आधिकारिता प्रदान भएसँगै एकीकृत कारोबार सुरु भएको हो । हाल ३ वटै सहकारीले संयुक्त रुपमा वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लि. का नाउबाटै केन्द्रिकृत रुपमा कारोबार सुरु गरेका छन् । विभिन्न चरणमा ३ वटै संस्थाका बीचमा भएका सञ्चालक समितिका बैठक र सोको निर्णयअनुसार संस्था एकीकरण भई एकीकृत कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
आ.व. २०७७/०७८ मा आफन्त ग्रामीण कृषि तथा पशुपालन सहकारी संस्था लि., पञ्चज्योती बचत तथा ऋण सहकारी संस्था लि, जनमैत्री बहुउदेश्यीय बचत तथा ऋण सहकारी संस्था लि. तथा वीरेन्द्रनगर साकोसका बीचमा समेत एकीकरण भै हाल एकीकृत रुपमा कारोबार भैरहेको छ ।