Location Icon Birendranagar-06, Surkhet Phone Icon 083 - 523317 | 083-523317

बार्षिक समीक्षा तथा बजेट माथि छलफल कार्यक्रम २०७९ सम्पन्न

मुख्य कार्यालय , वीरेन्द्रनगर साकोस, सुर्खेत, २६ असार २०७९ ।

वीरेन्द्रनगर साकोसको आ.व. २०७८/०७९ को वार्षिक समीक्षा तथा आ.व. २०७९/०८० को प्रस्तावित नीति तथा कार्यक्रम र बजेट माथि सूझाव संकलन कार्यक्रम वीरेन्द्रनगर-६, पीपलचौतारा स्थित होटल नमस्ते नेपालको सभाहलमा २०७९ असार २६ गते सम्पन्न भएको छ । कार्यक्रममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसिमिति, शिक्षा उपसिमिति लगायत वीरेन्द्रनगर बचत तथा ऋण सहकारीमा एकीकृत भई कारोबार हुँदै आएका साविकका सहकारी संस्थाहरु आफन्त ग्रामीण कृषि तथा पशुपालन सहकारी संस्था लि.,  पञ्चज्योती बचत तथा ऋण सहकारी संस्था लि, जनमैत्री बहुउदेश्यीय बचत तथा ऋण सहकारी संस्था लि. ,  नवबौद्धिक एकता बचत तथा ऋण सहकारी संस्था र मालिका बचत तथा ऋण सहकारी संस्था लि. बाट केन्द्रिय परिषद् सदस्यका रुपमा पूर्व सञ्चालकहरुको उल्लेख्य सहभागिता रहनुका साथै संस्थाका प्रमूख कार्यकारी अधिकृत लगायत विभागिय प्रमुखहरुको समेत सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण प्रमुख कार्यकारी अधिकृत छत्र बहादुर थापाले गर्नु भएको थियो भने अध्यक्षले हालसम्मको बजेटका प्रगति तथा आगामी रणनीतिका बारेमा छलफल गर्नुभएको थियो । बजेटको प्रस्तुतिकरण साकोसका कार्यालय व्यवस्थापक उपेन्द्र कुमार थापाबाट भएको थियो ।